115
हामीलाई होइन, हे परमप्रभु, हामीलाई होइन, तर तपाईंको करुणा र तपाईंको सत्यताको खातिर तपाईंकै नामलाई महिमा दिनुहोस्!2 ‘तिनीहरूका परमेश्वर कहाँ छन्?’ भनी अन्यजातिका मानिसहरूले किन भन्न पाऊन्?
3 तर हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ; उहाँलाई जे इच्छा लाग्यो, त्यही उहाँले गर्नुभएको छ।
4 तिनीहरूका मूर्तिहरू त चाँदी र सुन अर्थात् मानिसका हातहरूका कामक मात्र हुन्।
5 तिनीहरूका मुख छन्, तर ती बोल्दैनन्; तिनीहरूका आँखा छन्, तर तिनले देख्दैनन्;
6 तिनीहरूका कान छन्, तर तिनले सुन्दैनन्; तिनीहरूका नाक छन्, तर तिनीहरूले सुँघ्दैनन्;
7 तिनीहरूका हात छन्, तर तिनले समात्दैनन्; तिनीहरूका पाउ छन्, तर ती हिँड़्दैनन्, न ता तिनीहरू आफ्ना गलाबाट बोल्छन्।
8 जसले तिनीहरूलाई बनाउँछन्, ती पनि तिनीहरूजस्तै हुन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि तिनीहरूजस्तै हुन्।
9 हे इस्राएल, परमप्रभुमाथि भरोसा राख्; उहाँ नै उनीहरूका सहायता र उनीहरूका ढाल हुनुहुन्छ।
10 हे हारूनको घराना, परमप्रभुमाथि भरोसा राख; उहाँ नै उनीहरूका सहायता र उनीहरूका ढाल हुनुहुन्छ।
11 हे परमप्रभुका डर मान्नेहरू, परमप्रभुमाथि भरोसा राख; उहाँ नै उनीहरूका सहायता र उनीहरूका ढाल हुनुहुन्छ।
12 परमप्रभुले हाम्रो सम्झना गर्नुभएको छ; उहाँले हामीलाई आशिष् दिनुहुनेछ; उहाँले इस्राएलको घरानालाई आशिष् दिनुहुनेछ; उहाँले हारूनको घरानालाई आशिष् दिनुहुनेछ।
13 उहाँले परमप्रभुको डर मान्नेहरूलाई – साना र ठूला दुवैलाई आशिष् दिनुहुनेछ।
14 परमप्रभुले तिमीहरूलाई बढ़ाउँदै-बढ़ाउँदै लानुहुनेछ, तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई।
15 आकाश र पृथ्वी बनाउनुहुने परमप्रभुबाट तिमीहरू आशिषित छौ।
16 स्वर्ग, अँ, स्वर्गचाहिँ परमप्रभुको हो, तर पृथ्वीचाहिँ उहाँले मानिसका सन्तानलाई दिनुभएको छ।
17 मरेकाहरूले परमप्रभुको स्तुति गर्दैनन्, न ता तल सुनसानभित्र जानेहरूले नै गर्दछन्;
18 तर हामी त अहिलेदेखि लिएर सदा-सर्वदा परमप्रभुलाई धन्यको भन्नेछौं। तिमीहरूले याहको स्तुति गर!ख