114
जब इस्राएल मिस्र देशबाट, जब याकूबको घराना बिरानो भाषा बोल्ने मानिसहरूको बीचबाट निस्क्यो,2 तब यहूदाचाहिँ पवित्रस्थान र इस्राएलचाहिँ उहाँको राज्य बने।
3 यो देखेर समुद्र भाग्यो; यर्दन पछिल्तिर फर्क्यो;
4 पहाड़हरू भेड़ाहरूझैंक र साना डाँड़ाहरू पाठाहरूझैं उफ्रे।
5 हे समुद्र, तँलाई के भयो, र तँ भागिस्? हे यर्दन, तँ किन पछिल्तिर फर्किस्?
6 हे पहाड़हरूहो, तिमीहरू किन भेड़ाहरूझैंख उफ्र्यौ? र हे साना डाँड़ाहरूहो, तिमीहरू किन पाठाहरूझैं उफ्र्यौ?
7 हे पृथ्वी, प्रभुको उपस्थितिमा, याकूबका परमेश्वरको उपस्थितिमा थरथर काम्;
8 उहाँले चट्टानलाई पानीको तलाउमा, चकमकको पत्थरलाईग पानीको धारामा परिवर्तन गर्नुभयो।