111
तिमीहरूले याहको स्तुति गर!क सीधा चालकाहरूको सभामा, र समुदायमा म मेरो सम्पूर्ण हृदयले परमप्रभुको प्रशंसा गर्नेछु।2 परमप्रभुका कामहरू महान् छन्; ती कामहरूमा प्रसन्न हुनेहरू सबैले तिनको खोजी गर्छन्।
3 उहाँको काम आदरयोग्य र महिमापूर्ण छ; अनि उहाँको धार्मिकता सदा-सर्वदा रहिरहन्छ।
4 उहाँले आफ्ना अचम्मका कामहरू सम्झना गरिने तुल्याउनुभएको छ; परमप्रभु अनुग्रहकारी र दयाले परिपूर्ण हुनुहुन्छ।
5 उहाँको डर मान्नेहरूलाई उहाँले भोजन दिनुभएको छ; सधैंभरि उहाँले आफ्नो वाचाको सम्झना गर्नुहुनेछ।
6 आफ्नो प्रजालाई अन्यजातिहरूको हकको सम्पत्तिख दिनका निम्ति उहाँले उनीहरूलाई आफ्ना कामहरूको सामर्थ्य देखाउनुभएको छ।
7 उहाँका हातका कामहरू सत्य र न्याय हुन्; उहाँका सबै आज्ञाहरू पक्का छन्।
8 सदा-सर्वदा ती स्थिर रहन्छन्; ती सत्यता र सीधापनमा गरिएका हुन्छन्।
9 उहाँले आफ्नो निज प्रजाकहाँ छुटकारा पठाउनुभयो; उहाँले आफ्नो वाचा सधैंका निम्ति ठहराउनुभएको छ; उहाँको नाम पवित्र र श्रद्धेयग छ।
10 परमप्रभुको भय मान्नु नै बुद्धिको शुरु हो; उहाँका आज्ञा पालन गर्नेहरू सबैसँग असल समझ हुन्छ; उहाँको स्तुति सदा-सर्वदा रहिरहन्छ।