दाऊदको भजन
110
परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो: ‘जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस!’2 परमप्रभुले तिम्रो सामर्थ्यको राजदण्ड सियोनबाट यसो भन्दै पठाउनुहुनेछ: ‘आफ्ना शत्रुहरूको बीचमा शासन गर!’
3 तपाईंको पराक्रमको दिनमा तपाईंको प्रजा इच्छुक बन्नेछ; प्रभातको गर्भदेखि पवित्रताको सुन्दरतामा तपाईंसँग तपाईंको जवानीको शीत छ।
4 परमप्रभुले शपथ खानुभएको छ, र पछुताउनुहुनेछैन: ‘मल्किसेदेकका रीतिमुताबिक तिमी सधैंका निम्ति पूजाहारी हौ।’
5 तपाईंको दाहिने हाततर्फ हुनुहुने प्रभुले आफ्नो क्रोधको दिनमा राजाहरूलाई टुक्रा-टुक्रा पार्नुहुनेछ।
6 उहाँले अन्यजातिहरूको बीचमा न्याय गर्नुहुनेछ; उहाँले ती ठाउँहरूलाई लाशहरूले भरिदिनुहुनेछ; उहाँले धेरै देशहरूका टाउकेहरूलाई घायल पार्नुहुनेछ।
7 उहाँले बाटोमा खोलाबाट पानी पिउनुहुनेछ; यसकारण उहाँले शिर उठाउनुहुनेछ।