प्रशंसाको भजन
100
हे सारा देशहरूहो, परमप्रभुका निम्ति आनन्दको सोर निकाल!
2 आनन्दसाथ परमप्रभुको सेवा गर, भजन गाउँदै उहाँको सामु आओ!
3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान; हामीलाई बनाउनुहुने उहाँ नै हुनुहुन्छ; अनि हामीले आफैलाई बनाएका होइनौं; हामी उहाँको प्रजा र उहाँको खर्कका भेड़ाहरू हौं।
4 धन्यवादसाथ उहाँका मूलढोकाहरूभित्र र प्रशंसासाथ उहाँका चोकहरूभित्र पस; उहाँलाई धन्यवाद चढ़ाओ र उहाँको नामलाई धन्यको भन!
5 किनकि परमप्रभु भला हुनुहुन्छ; उहाँको करुणा सदा रहिरहन्छ, र उहाँको सत्यता पुस्ता-पुस्तासम्म बनिरहन्छ।