99
परमप्रभु राज्य गर्नुहुन्छ; जाति-जातिका मानिसहरू थरथर कामून्; उहाँ करूबहरूको बीचमा बस्‍नुहुन्छ; पृथ्वी डगमगाओस्!
2 सियोनमा परमप्रभु महान् हुनुहुन्छ; अनि उहाँ सबै जातिहरूमाथि उच्‍च हुनुहुन्छ।
3 तिनीहरूले तपाईंको महान् र भययोग्य नामको प्रशंसा गरून्; किनकि यो पवित्र छ।
4 अनि राजाको सामर्थ्यले पनि न्यायलाई प्रेम गर्छ; तपाईंले निष्पक्षता स्थापित गर्नुहुन्छ; याकूबमा तपाईंले न्याय र धार्मिकता लागू गराउनुहुन्छ।
5 परमप्रभु हाम्रा परमेश्‍वरलाई उच्‍च पार र उहाँको पाउदानको सामु दण्‍डवत्‌ गर; किनभने उहाँ पवित्र हुनुहुन्छ।
6 उहाँका पूजाहारीहरूमध्ये मोशा र हारून थिए, र उहाँको नाम पुकार्नेहरूमध्ये शमूएल थिए; उनीहरूले परमप्रभुलाई पुकारे, र उहाँले उनीहरूलाई जवाफ दिनुभयो।
7 बादलको खाँबामा भई उहाँ उनीहरूसँग बोल्नुभयो; उनीहरूले उहाँका साक्षीहरू र उहाँले उनीहरूलाई दिनुभएको विधि पालन गरे।
8 हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंले उनीहरूलाई जवाफ दिनुभयो; तपाईंले उनीहरूका कामहरूको बदला लिनुभए तापनि तपाईं उनीहरूलाई क्षमा गर्नुहुने परमेश्‍वर हुनुहुन्थ्यो।
9 परमप्रभु हाम्रा परमेश्‍वरलाई उच्‍च पार र उहाँको पवित्र पर्वतमा दण्‍डवत्‌ गर; किनभने परमप्रभु हाम्रा परमेश्‍वर पवित्र हुनुहुन्छ।