93
परमप्रभुले राज्य गर्नुहुन्छ; उहाँ श्रेष्‍ठताको वस्त्र पहिराइनुभएको छ; परमप्रभु सामर्थ्यको वस्त्र पहिराइनुभएको छ; त्यसैसित उहाँले आफ्नो कम्मर कस्‍नुभएको छ; हो, संसार पनि स्थिर छ, यसैले त्यो हल्‍लाइन सक्दैन।
2 सनातनदेखि नै तपाईंको सिंहासन स्थिर छ; अनन्तकालदेखि नै तपाईं हुनुहुन्छ।
3 हे परमप्रभु, बाढ़हरू उर्लेर आएका छन्, बाढ़हरूले आफ्नो आवाज मच्‍चाएका छन्; बाढ़हरूले आफ्ना छालहरू उर्लाएका छन्।
4 उच्‍चमा हुनुहुने परमप्रभु महासागरको गर्जनभन्दा, हो, समुद्रका शक्तिशाली तरङ्गहरूभन्दा पनि शक्तिशाली हुनुहुन्छ।
5 तपाईंका साक्षीहरू अति दृढ़ छन्; हे परमप्रभु, सदा-सर्वदा तपाईंको भवनलाई पवित्रता नै सुहाउँछ।