कोरहवंशीहरूको भजन अर्थात् गीत
87
उहाँको जग पवित्र पर्वतहरूमा छ।2 परमप्रभुले याकूबका सबै वासस्थानहरूलाई भन्दा सियोनका मूलढोकाहरूलाई बढ़ी प्रेम गर्नुहुन्छ।
3 हे परमेश्वरको शहर, तिम्रो विषयमा महिमापूर्ण कुराहरू भनिएका छन्। सेला#
4 मलाई चिन्नेहरूलाई म रहबक र बाबेलको विषयमा बताउनेछु; हे पलिस्ती देश र टायर, साथै एथियोपियाहो, हेर, यो मान्छे यहाँ जन्मेको थियो।
5 अनि सियोनको विषयमा यो भनिनेछ: “यो मानिस र त्यो मानिस यसैमा जन्मेको थियो; अनि परमप्रधान आफैले यसलाई स्थापित गर्नुहुनेछ।”
6 जाति-जातिका मानिसहरूको नाम लेख्नुहुँदा परमप्रभुले गन्नुहुनेछ: “यो मानिस त्यहाँ जन्मेको हो।” सेला#
7 अनि गाउनेहरू र बाजा बजाउनेहरू दुवैले भन्नेछन्: “मेरा सबै मुहानहरू तिमीमा छन्।”