प्रधान वादकका लागि; ‘गित्तिथ’ नामक वीणामाथि; कोरहवंशीहरूको भजन
84
हे सेनाहरूका परमप्रभु, तपाईंका निवासस्थानहरू कति मनोहर छन्!2 मेरो प्राणले परमप्रभुका चोकहरूको तिर्सना गर्छ, अँ, र्मूच्छित पनि हुन्छ; मेरो हृदय र मेरो शरीर जीवित परमेश्वरका निम्ति चिच्च्याइउठ्छन्।
3 हो, हे सेनाहरूका परमप्रभु, मेरा राजा र मेरा परमेश्वर, तपाईंका वेदीहरू – यहाँ भङ्गेराले बसेरा र गौंथलीले आफ्नो निम्ति गुँड़ पाएकी छे, जहाँ त्यसले आफ्ना बच्चाहरूलाई राख्छे।
4 धन्य हुन् उनीहरू, जो तपाईंको भवनमा वास गर्छन्; उनीहरूले अझै तपाईंको प्रशंसा गर्दै रहनेछन्। सेला#
5 धन्य हो त्यो मानिस, जसको सामर्थ्य तपाईंमा छ; जसको हृदयमा राजमार्गहरू छन्।
6 रुवाइकोक बेंसीबाट भएर जाँदा उनीहरूले यसलाई मुहान तुल्याउँछन्; अँ, पहिलो वर्षाले यसलाई आशिष्हरूले भरिदिन्छ।
7 उनीहरू बलमाथि बल पाउँदै जान्छन्; हरेक नै सियोनमा परमेश्वरको सामु उपस्थित हुन्छ।
8 हे परमप्रभु सेनाहरूका परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; हे याकूबका परमेश्वर, कान लगाउनुहोस्! सेला#
9 हे परमेश्वर हाम्रा ढाल, हेर्नुहोस् र आफ्नो अभिषिक्त जनको चेहरामाथि दृष्टि लगाउनुहोस्!
10 किनकि तपाईंका चोकहरूमा भएको एक दिन अरू कहीं हजार दिनभन्दा उत्तम हुन्छ। दुष्टताका तम्बूहरूमा बस्नुभन्दा बरु मलाई मेरा परमेश्वरको भवनमा द्वारपाल हुन मन पर्छ।
11 किनकि परमेश्वर परमप्रभु सूर्य र ढाल हुनुहुन्छ; परमप्रभुले अनुग्रह र महिमा दिनुहुनेछ; सीधा चाल चल्नेहरूलाई उहाँले कुनै पनि असल कुरा नदिई राख्नुहुन्न।
12 हे सेनाहरूका परमप्रभु, धन्य हो त्यो मानिस, जसले तपाईंमाथि भरोसा राख्छ।