आसाफको भजन
82
परमेश्वर शक्तिमान्को समुदायमा खड़ा हुनुहुन्छ; उहाँ ईश्वरहरूकोक मध्यमा न्याय गर्नुहुन्छ।2 कहिलेसम्म तिमीहरू अन्यायपूर्वक इन्साफ गर्छौ र दुष्टहरूको पक्ष लिन्छौ? सेला#
3 गरिब र टुहुराको इन्साफ गरिदेओ; दुःखी र खाँचोमा परेकोलाई न्याय गरिदेओ!
4 गरिब र खाँचोमा परेकोलाई छुटाओ; दुष्टहरूको हातबाट तिनीहरूलाई बचाओ!
5 तिनीहरूले न जान्दछन्, न बुझ्दछन्; तिनीहरू अन्धकारमा हिँड़्छन्; पृथ्वीका सबै जगहरू हल्लिएका छन्।
6 मैले भनेको छु: “तिमीहरू ईश्वरहरू हौ; अनि तिमीहरू सबै परमप्रधानका सन्तान हौ।
7 तर तिमीहरू मानिसहरूझैं मर्नेछौ र शासकहरूमध्ये एकजनाझैं ढल्नेछौ।”
8 हे परमेश्वर, उठ्नुहोस्! पृथ्वीको न्याय गर्नुहोस्; किनकि तपाईं सबै जातिहरूको हकवाला हुनुहुनेछ।