प्रधान वादकका लागि; तारवाला बाजाहरूमा; आसाफको भजन अथवा गीत
76
यहूदामा परमेश्‍वर चिनिनुभएको छ; इस्राएलमा उहाँको नाम महान् छ।
2 अनि सालेममा उहाँको निवासस्थान र सियोनमा उहाँको वासस्थान छ।
3 त्यहाँ उहाँले धनुका काँड़हरू, ढाल र तरवार, अनि लड़ाइँ तोड़िदिनुभयो। सेला#
4 तपाईं शिकारले भरिएका पहाड़हरूभन्दा महिमापूर्ण र उत्तम हुनुहुन्छ।
5 बलियो हृदय भएकाहरू लुटिए, तिनीहरू आफ्नो निद्रामा सुतेका छन्; अनि शूरवीरहरूमध्ये कसैले आफ्ना हात उठाउन पाएन।
6 हे याकूबका परमेश्‍वर, तपाईंको हप्कीले रथ र घोड़ा दुवै गहिरो निद्रामा परे।
7 तपाईंको, अँ, तपाईंकै डर मान्‍नुपर्छ; अनि जब तपाईं रिसाउनुहुन्छ, तब तपाईंको सामु को खड़ा हुन सक्छ र?
8 स्वर्गबाट तपाईंले फैसला सुनाउनुभयो; पृथ्वी डरायो र चुप लाग्यो,
9 जब परमेश्‍वर न्यायको लागि, पृथ्वीका सबै नम्रहरूलाई बचाउन उठ्नुभयो। सेला#
10 निश्‍चय नै मानिसको क्रोधले तपाईंको प्रशंसा गर्नेछ; बाँकी रहेको क्रोध तपाईंले थामिराख्‍नुहुनेछ।
11 परमप्रभु आफ्ना परमेश्‍वरको लागि भाकल गर, र त्यो पूरा गर; उहाँको वरिपरि रहनेहरू सबैले उहाँकहाँ, जो भययोग्य हुनुहुन्छ, भेटी ल्याऊन्!
12 उहाँले शासकहरूको आत्मा खतम पार्नुहुनेछ; पृथ्वीका राजाहरूका निम्ति उहाँ भयानक हुनुहुन्छ।