प्रधान वादकका लागि; दाऊदको भजन; याद दिलाउनका निम्ति
70
हे परमेश्वर, मलाई छुटाउन हतार गर्नुहोस्; हे परमप्रभु, मलाई सहायता गर्न हतार गर्नुहोस्!2 मेरो प्राण लिन खोज्नेहरू शर्ममा परून् र लज्जित होऊन्; मेरो हानिको चाहना गर्नेहरू पछि हटाइऊन् र शर्ममा परून्।
3 आहा, आहा भन्नेहरू आफ्नो शर्मको नतिजा-स्वरूप पछि हटाइऊन्।
4 तपाईंको खोजी गर्नेहरू सबै तपाईंमा रमाऊन् र आनन्दित होऊन्; अनि तपाईंको उद्धारलाई प्रेम गर्नेहरूले निरन्तर भनून्: “परमेश्वरको बढ़ाइ होस्!”
5 तर म त गरिब र खाँचोमा परेको छु; हे परमेश्वर, मकहाँ आउन हतार गर्नुहोस्; तपाईं नै मेरा सहारा र मेरा उद्धारक हुनुहुन्छ; हे परमप्रभु, ढिलो नगर्नुहोस्!