प्रधान वादकका लागि; ‘शोशन्निम’-रागमा; दाऊदको भजन
69
हे परमेश्वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो प्राणसम्म आएको छ।2 म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने आधार छैन; म गहिरो पानीमा आएको छु, जहाँ बाढ़ीहरू ममाथि उर्लंदछन्।
3 पुकार्दै, हेर्दै म थाकिसकें; मेरो घाँटी सुकेको छ; मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू धमिला भइसकेका छन्।
4 विनाकारण नै मलाई घृणा गर्नेहरूको संख्या मेरो टाउकोको केशभन्दा बढ़ी छ; विनाकारण मेरा शत्रुहरू भएर मलाई नाश गर्न चाहनेहरू शक्तिशाली छन्; तब मैले लाँदै नलगेको चीज फिर्ता गरें।
5 हे परमेश्वर, तपाईंले मेरो मूर्खता जान्नुहुन्छ; अनि मेरा पापहरू तपाईंबाट छिपेका छैनन्।
6 हे प्रभु, सेनाहरूका परमप्रभु, जसले तपाईंको बाटो हेर्दछन्, उनीहरू मेरो खातिर शर्ममा नपरून्; हे इस्राएलका परमेश्वर, जसले तपाईंलाई खोज्दछन्, उनीहरू मेरो खातिर लज्जित नहोऊन्।
7 किनकि तपाईंकै निम्ति मैले निन्दा सहेको छु; शर्मले मेरो चेहरा ढाकेको छ।
8 मेरा दाजुभाइहरूका निम्ति म पराई बनेको छु, र मेरी आमाका छोराछोरीहरूका निम्ति परदेशी।
9 किनकि तपाईंको घरको जोशले मलाई खाएको छ; अनि तपाईंलाई निन्दा गर्नेहरूका निन्दाहरू ममाथि परेका छन्।
10 जब म रोएँ, र उपवास बसी-बसीकन मेरो प्राणलाई ताड़ना दिएँ; त्यो पनि मेरा लागि निन्दाको विषय बन्यो।
11 मैले भाङराको लुगा आफ्नो वस्त्र बनाएँ; अनि म तिनीहरूका निम्ति एउटा उपमा बनें।
12 मूलढोकामा बस्नेहरू मेरो विरोधमा बोल्छन्; अनि म मतवालाहरूको गीत बनें।
13 तर हे परमप्रभु, मचाहिँ कृपादृष्टिकोक समयमा तपाईंकहाँ मेरो प्रार्थना चढ़ाउँछु; हे परमेश्वर, तपाईंको करुणाको प्रशस्ततामा, तपाईंको उद्धारको सत्यतामा मेरो विन्ती सुन्नुहोस्!
14 मलाई दलदलबाट छुटाउनुहोस्, र म नडुबूँ; मलाई घृणा गर्नेहरूबाट र गहिरा पानीबाट म छुटकारा पाऊँ!
15 पानीको बाढ़ी ममाथि नउर्लोस्, न ता गहिरो पानीले मलाई निलोस्, न ता खाड़लले आफ्नो मुख ममाथि बन्द गरोस्!
16 हे परमप्रभु, मेरो विन्ती सुन्नुहोस्; किनकि तपाईंको करुणा असल हो; तपाईंका कोमल कृपाहरूको प्रशस्तताअनुसार मतिर फर्कनुहोस्!
17 अनि तपाईंको चेहरा आफ्नो दासदेखि नलुकाउनुहोस्; किनकि म सङ्कटमा छु; मलाई झट्टै जवाफ दिनुहोस्!
18 मेरो प्राणको नजिक आउनुहोस् र यसलाई छुटाउनुहोस्ख; मेरा शत्रुहरूको कारणले मलाई छुटाउनुहोस्ख!
19 तपाईंले मेरो निन्दा, मेरो शर्म र मेरो अनादर जान्नुभएको छ; मेरा विरोधीहरू सबै तपाईंको सामु छन्।
20 निन्दाले मेरो हृदय तोड़ेको छ; र म ज्यादै उदास छु; अनि टिठाउने कोही छ कि भनी खोजें, तर कोही भएन; सान्त्वना दिनेहरूलाई खोजें, तर मैले कसैलाई पाइनँ।
21 अनि खानका निम्ति तिनीहरूले मलाई पित्त दिए, र मलाई तिर्खा लाग्दा पिउनलाई तिनीहरूले मलाई सिर्का दिए।
22 तिनीहरूको भोजनग तिनीहरूको सामु पासो बनोस्, र जे तिनीहरूको कल्याण हुनुपर्नेथियो, त्योचाहिँ धराप बनोस्!
23 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; अनि तिनीहरूका कम्मरहरू निरन्तर कामिरहने बनाउनुहोस्!
24 तिनीहरूमाथि तपाईंले आफ्नो क्रोध खन्याउनुहोस्, र तपाईंको रिसको ज्वालाले तिनीहरूलाई पक्रोस्!
25 तिनीहरूको वासस्थान उजाड़ होस्, र तिनीहरूका तम्बूहरूमा कोही नबसोस्!
26 किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, उसैलाई तिनीहरू सताउँछन्; र जसलाई तपाईंले घायल पार्नुभएको छ, उनीहरूकै शोकका निम्ति तिनीहरू कुरा गर्छन्।
27 तिनीहरूको अधर्ममाथि अधर्म थपिदिनुहोस्; अनि तिनीहरूलाई तपाईंको धार्मिकतामा आउन नदिनुहोस्!
28 जीवितहरूकोघ पुस्तकबाट तिनीहरू मेटिऊन्, र धर्मी जनहरूसँग तिनीहरूको नाम नलेखियोस्!
29 तर म त गरिब र शोकित छु; हे परमेश्वर, तपाईंको उद्धारले मलाई उच्च स्थानमा राखोस्!
30 गीतमा म परमेश्वरको नामको प्रशंसा गर्नेछु र धन्यवाद दिँदै उहाँको बढ़ाइ गर्नेछु।
31 अनि यस कुराले परमप्रभुलाई सिङ र खुर भएको गोरु वा बहरले भन्दा बढ़ी प्रसन्न गराउनेछ।
32 नम्रहरूले यो देख्नेछन्, र रमाउनेछन्; अनि परमेश्वरको खोज गर्नेहरूहो, तिमीहरूको हृदय जिउनेछ।
33 किनकि परमप्रभुले गरिबहरूको पुकार सुन्नुहुन्छ र आफ्ना कैदीहरूलाई तुच्छ ठान्नुहुन्न।
34 आकाश र पृथ्वीले उहाँको स्तुति गरून्; समुद्रहरू र तीभित्र चलफिर गर्ने हरेक जन्तुले पनि!
35 किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका शहरहरू निर्माण गर्नुहुनेछ, र उनीहरू त्यहाँ बसून् र यसलाई आफ्नो अधिकारमा पारून्।
36 उहाँका दासहरूका सन्तानले पनि यसलाई हकको सम्पत्ति-स्वरूप पाउनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू यसमा वास गर्नेछन्।