प्रधान वादकका लागि; दाऊदको भजन अर्थात् गीत
68
परमेश्वर उठून्; उहाँका शत्रुहरू छरपस्ट होऊन्; उहाँलाई घृणा गर्नेहरू पनि उहाँको सामुबाट भागून्।2 जसरी धूवाँ धपाइन्छ, त्यसरी नै तिनीहरूलाई धपाउनुहोस्; जसरी आगोको सामु मैन पग्लिन्छ, त्यसरी नै दुष्टहरू परमेश्वरको उपस्थितिबाट नष्ट होऊन्।
3 तर धर्मी जनहरू आनन्दित होऊन्; परमेश्वरको सामु उनीहरू प्रफुल्लित होऊन्; हो, उनीहरू हर्षले रमाऊन्।
4 परमेश्वरका निम्ति गीत गाओ, उहाँको नामको स्तुति गाओ; उहाँको नाम ‘याह’कमा आकाशमाथिख सवार हुनुहुनेको बढ़ाइ गर, र उहाँको सामु प्रफुल्लित होओ!
5 परमेश्वर आफ्ना पवित्र निवासस्थानमा टुहुराहरूका पिता र विधवाहरूका न्यायकर्ता हुनुहुन्छ।
6 परमेश्वरले एकलो परेकाहरूलाई परिवारभित्र राख्नुहुन्छ; साङ्लाहरूले बाँधिएकाहरूलाई उहाँले निकालेर ल्याउनुहुन्छ; तर विद्रोहीहरू सुक्खा भूमिमा बस्छन्।
7 हे परमेश्वर, जब तपाईं आफ्ना जनहरूको अघि-अघि हिँड़्नुभयो, जब उजाड़स्थान भएर तपाईंले प्रस्थान गर्नुभयो; सेला
8 तब पृथ्वी काम्यो, परमेश्वरको उपस्थितिमा आकाश पनि टप्कन थाल्यो; परमेश्वर, इस्राएलका परमेश्वरको उपस्थितिमा सिनाई-पर्वत पनि डगमगायो।
9 हे परमेश्वर, तपाईंले प्रशस्त गरी पानी बर्साउनुभयो, जसद्वारा तपाईंले आफ्नो निज सम्पत्ति, त्यो थाकेको बेलामा स्थिर पार्नुभयो।
10 तपाईंको झुण्ड त्यसमा बसेको छ; हे परमेश्वर, तपाईंले आफ्नो भलाइले गरिबहरूका निम्ति प्रबन्ध गर्नुभएको छ।
11 प्रभुले वचन दिनुभयो; त्यो सुनाउनेहरूको एउटा ठूलो भीड़ नै थियो।
12 सेनाहरूका राजाहरू छिटो-छिटो भागे; अनि जो घरमा बसी, त्यसले लुटको माल बाँड़ी।
13 तिमीहरू भेड़ा-गोठहरूकोग बीचमा ढल्के तापनि तिमीहरू ढुकुरका चाँदीले ढाकिएका पखेटाहरूजस्ता र पहेंलो सुनले ढाकिएका त्यसका प्वाँखहरूजस्ता हुनेछौ।
14 जब सर्वशक्तिमान्ले यसमा राजाहरूलाई तितरबितर पार्नुभयो, तब यो सल्मोन पर्वतमा परेको हिउँझैं सेतो भयो।
15 परमेश्वरको पहाड़ बाशानको पहाड़जस्तै हो – बाशानको पहाड़झैं अग्लोघ पहाड़।
16 हे अग्ला पहाड़हरूहो, तिमीहरू किन उफ्रन्छौङ? यो त्यही पहाड़ हो, जहाँ परमेश्वर वास गर्न चाहनुहुन्छ; हो, यसमा परमप्रभुले सदा-सर्वदा वास गर्नुहुनेछ।
17 परमेश्वरका रथहरू बीस हजार छन्, अँ, हजारौं स्वर्गदूतहरू छन्; प्रभु पवित्रस्थानमा, सिनाईमा झैं उनीहरूको मध्ये हुनुहुन्छ।
18 तपाईं उच्च स्थानमा उक्लनुभएको छ, र कैदलाई कैद गरेर लैजानुभएको छ; याह परमेश्वर उनीहरूको बीचमा वास गरून् भनेर तपाईंले मानिसहरूका निम्ति, अँ, विद्रोहीहरूका निम्ति पनि दानहरू ग्रहण गर्नुभएको छ।
19 प्रभु, हाम्रा उद्धारका परमेश्वर, धन्यका होऊन्, जसले दिनहुँ हामीमाथि उपकारहरू लादिदिनुहुन्छच। सेला#
20 हाम्रा परमेश्वर उद्धारका परमेश्वर हुनुहुन्छ; मृत्युबाट उम्किने बाटाहरू पनि प्रभु यहोवाकै हुन्।
21 तर निश्चय परमेश्वरले आफ्ना शत्रुहरूको टाउको र आफ्ना अपराधहरूमा हिँड़िरहने मानिसको केशले भरिएको खोपड़ीलाई फुटाइदिनुहुनेछ।
22 प्रभुले भन्नुभयो: “म बाशानबाट फेरि ल्याउनेछु; म आफ्ना जनहरूलाई समुद्रका गहिराइहरूबाट फेरि ल्याउनेछु;
23 फलस्वरूप तिम्रा शत्रुहरूको रगतमा तिम्रो पाउ र तिम्रा कुकुरहरूको जिब्रो पनि त्यसैमा चोपिएका हुनेछन्।”
24 हे परमेश्वर, उनीहरूले तपाईं हिँड़्डुल गर्नुभएकोछ अर्थात् मेरा परमेश्वर, मेरा राजालाई पवित्रस्थानमा हिँड़्डुल गर्नुभएकोज देखेका छन्।
25 गायकहरू अघि-अघि हिँड़े; तारवाला बाजा बजाउनेहरू पछि-पछि लागे; तिनीहरूमध्ये खैंजड़ी बजाइरहेका कन्याहरू थिए।
26 हे इस्राएलका मूलबाट निस्केकाहरूहो, सभाहरूमा परमेश्वर प्रभुलाई धन्यको भन!
27 त्यहाँ उनीहरूको अगुवा सानो बिन्यामीन, यहूदाका शासकहरू र तिनीहरूको झुण्ड, जबूलूनका शासकहरू र नप्तालीका शासकहरू छन्।
28 तिम्रा परमेश्वरले तिम्रो बललाई आज्ञा गर्नुभएको छ; हे परमेश्वर, तपाईंले हाम्रा निम्ति जे गर्नुभएको छ, त्यसलाई बलियो पार्नुहोस्!
29 यरूशलेममा भएको तपाईंको मन्दिरको कारणले राजाहरूले तपाईंका निम्ति भेटी ल्याउनेछन्।
30 जबसम्म हरेकले चाँदीका टुक्राहरू लिएर आफूलाई अधीनतामा सुम्पिँदैन, तबसम्म निगालो घारीका पशुहरू, जाति-जातिका मानिसहरूका बाछाहरूको साथमा साँढ़ेहरूको बथानलाई हप्काउनुहोस्; लड़ाइँमा खुशी हुने मानिसहरूलाई तितरबितर पार्नुहोस्!
31 मिस्र देशबाट भारदारहरू निस्किआउनेछन्; कूश देशले चाँड़ै आफ्नो हात परमेश्वरकहाँ फैलाउनेछ।
32 हे पृथ्वीका राज्यहरूहो, परमेश्वरका निम्ति गाओ, प्रभुका निम्ति स्तुति गाओ; सेला#
33 उहाँका निम्ति, जो सर्वोच्च स्वर्गमाथि सवार गर्नुहुन्छ, जो प्राचीनकालदेखि छ! हेर, उहाँले आफ्नो आवाज, शक्तिशाली आवाज पठाउनुहुन्छ।
34 सामर्थ्य परमेश्वरकै हो भनी भनझ; उहाँको सर्वश्रेष्ठता इस्राएलमाथि छ, र उहाँको सामर्थ्य बादलहरूमाञ छ।
35 हे परमेश्वर, तपाईं आफ्ना पवित्रस्थानहरूदेखि नै भययोग्य हुनुहुन्छ; इस्राएलका परमेश्वर उहाँ नै हुनुहुन्छ, जसले आफ्ना जनहरूलाई बल र सामर्थ्य दिनुहुन्छ। परमेश्वर धन्यका होऊन्!