प्रधान वादकका लागि; ‘नेगिना’माक; दाऊदको भजन
61
हे परमेश्वर, मेरो पुकार सुन्नुहोस्; मेरो प्रार्थनामा ध्यान दिनुहोस्!2 मेरो हृदय व्याकुल हुँदा पृथ्वीको छेउदेखि म तपाईंलाई पुकार्नेछु; मलाई त्यस चट्टानमा डोर्याउनुहोस्, जो मभन्दा उच्च छ।
3 किनकि तपाईं मेरा निम्ति आश्रय, र शत्रुबाट बाँच्न एउटा बलियो धरहरा हुनुभएको छ।
4 सदा-सर्वदा म तपाईंको निवासस्थानमा वास गर्नेछु; म तपाईंका पखेटाहरूको आड़माथि भरोसा पर्नेछुख। सेला#
5 किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ; तपाईंले मलाई तपाईंको नामको डर मान्नेहरूको अधिकारको भाग दिनुभएको छ।
6 तपाईंले राजाको आयु बढ़ाउनुहुनेछ; उनको उमेर धेरै पुस्ताझैं हुनेछ।
7 सदा-सर्वदा उनी परमेश्वरको सामु रहनेछन्; करुणा र सत्यता तयार गर्नुहोस्, तिनैले उनको रक्षा गरून्!
8 यसैले दिनहुँ मेरा भाकलहरू पूरा गर्न म सदा-सर्वदा तपाईंको नामको स्तुति गाउनेछु।