प्रधान वादकका लागि; ‘शुशान-एदथ’क-रागमा; शिक्षाका निम्ति दाऊदको मिक्ताम; जब उनले अरम-नहरैम र अरम-जोबाहसँग लड़ाइँ गरे; जब योआबले फर्केर नुनको बेंसीमा बाह्र हजार एदोमीहरूलाई मारे।
60
हे परमेश्वर, तपाईंले हामीलाई त्याग्नुभएको छ; तपाईंले हामीलाई छरपस्ट पार्नुभएको छ; तपाईं नाराज हुनुभएको छ; अब हामीतिर फेरि फर्कनुहोस्!2 तपाईंले पृथ्वी थर्काउनुभएको छ; तपाईंले त्यसलाई फुटाउनुभएको छ; त्यसका धाँदाहरू पुर्नुहोस्क; किनकि त्यो हल्लिँदैछ।
3 तपाईंले आफ्ना जनहरूलाई कठिन कुराहरू देखाउनुभएको छ; तपाईंले हामीलाई धरमराइदिने मद्य पियाउनुभएको छ।
4 सत्यताको कारणले फरफराओस् भनेर तपाईंको डर मान्नेहरूलाई तपाईंले एउटा झण्डा दिनुभएको छ। सेला#
5 यस हेतुले कि तपाईंका प्रियहरूले छुटकारा पाऊन्; तपाईंको दाहिने हातले बचाउनुहोस्, र मेरो विन्ती सुन्नुहोस्!
6 परमेश्वरले आफ्नो पवित्रतामा भन्नुभएको छ: “म प्रफुल्लित हुनेछु; म शेकेम बाँड़्नेछु, र सुक्कोतको बेंसी नाप्नेछु।
7 गिलाद मेरो हो, र मनस्से मेरो हो; एप्रैम पनि मेरो शिरको बल हो; यहूदा मेरो व्यवस्थापकख हो;
8 मोआब मेरो पाउ धुने बाटा हो; एदोममाथि म आफ्नो जुत्ता फ्याँक्नेछु; मेरो कारणले, हे पलिस्ती देश, तैंले विजयको नारा लगा!
9 कसले मलाई पर्खालले घेरिएको शहरभित्र पुर्याउला? कसले मलाई एदोमसम्म डोर्याउला?”
10 हे परमेश्वर, के तपाईं होइन र, जसले हामीलाई त्याग्नुभएको थियो? अनि हे परमेश्वर, के तपाईं होइन र, जो हाम्रा सेनाहरूको साथमा जानुभएन?
11 सङ्कष्टबाट उम्कन हामीलाई सहायता दिनुहोस्; किनकि मानिसको सहायता व्यर्थ छ।
12 परमेश्वरद्वारा हामी वीरता देखाउनेछौं; किनकि हाम्रा शत्रुहरूलाई कुल्चने उहाँ नै हुनुहुन्छ।