प्रधान वादकका लागि; ‘अल-थश्हेत’क-रागमा; दाऊदको मिक्ताम; जब उनी शावलबाट भागेर गुफामा लुके।
57
मप्रति कृपालु हुनुहोस्, हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्; किनकि मेरो प्राणले तपाईंमाथि भरोसा राख्छ; हो, यी विपत्तिहरू नबितुन्जेल म तपाईंकै पखेटाहरूको छायामा आफ्नो शरणस्थान बनाउनेछु।2 परमप्रधान परमेश्वरलाई, मेरा निम्ति सबै थोक पूरा गर्नुहुने परमेश्वरलाई म पुकार्नेछु।
3 उहाँले स्वर्गबाट पठाउनुहुनेछ, र मलाई निल्न खोज्नेको बदनामीबाट मलाई बचाउनुहुनेछ। सेला#
परमेश्वरले आफ्नो करुणा र आफ्नो सत्यता पठाउनुहुनेछ।
4 मेरो प्राण सिंहहरूको बीचमा छ; म यस्ता मानिसहरूकोख बीचमा लेट्दछु, जसमा आगो लागेको छ, मानिसहरूकै सन्तानको बीचमा, जसका दाँतहरू भाला र काँड़हरू हुन् र जसको जिब्रोचाहिँ धारिलो तरवार हो।
5 हे परमेश्वर, तपाईं आकाशभन्दा पनि उच्च हुनुहोस्; तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्!
6 तिनीहरूले मेरा पाइलाहरूका निम्ति जाल तयार पारेका छन्; मेरो प्राण झुकेको छ; तिनीहरूले मेरो अघि खाड़ल खनेका छन्, जसको बीचमा तिनीहरू आफै खसेका छन्। सेला#
7 मेरो हृदय स्थिर छ, हे परमेश्वर, मेरो हृदय स्थिर छ; म गाउनेछु र स्तुति गाउनेछु।
8 हे मेरो महिमा, जाग्; हे सितार र वीणा, जागा होओ! म आफै पनि एकाबिहानै जाग्नेछु।
9 हे प्रभु, जाति-जातिका मानिसहरूको बीचमा म तपाईंको प्रशंसा गर्नेछु; राज्य-राज्यको बीचमा म तपाईंको स्तुति गाउनेछु।
10 किनकि तपाईंको करुणा यति महान् छ कि आकाशसम्म पुग्छ; र तपाईंको सत्यताचाहिँ बादलहरूसम्म पुग्छ।
11 हे परमेश्वर, तपाईं आकाशभन्दा पनि उच्च हुनुहोस्; तपाईंको महिमा सारा पृथ्वीभन्दा उच्च होस्!