प्रधान वादकका लागि; ‘योनाथ-एलेम रखोकिम’क-रागमा; दाऊदको मिक्ताम; जब पलिस्तीहरूले उनलाई गातमा पक्रेका थिए।
56
हे परमेश्वर, मप्रति कृपालु हुनुहोस्; किनकि मानिसले मलाई निल्न खोज्छ, दिनहुँ लड़ाइँ गरेर त्यसले मलाई सताउँछ।2 मेरा शत्रुहरूले मलाई दिनहुँ निल्न खोज्छन्; किनकि घमण्डसाथ मेरो विरोधमा लड़ाइँ गर्नेहरू धेरै छन्।
3 जुन बेला मलाई डर लाग्छ, तब म तपाईंमाथि भरोसा राख्नेछु।
4 परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु; परमेश्वरमाथि मैले भरोसा राखेको छु; म डराउनेछैनँ; मानिसलेख मलाई के गर्न सक्छ र?
5 हरेक दिन तिनीहरू मेरा वचनहरू टेढ़ा पार्छन्; तिनीहरूका सबै विचारहरू खराबीका लागि मेरो विरोधमा हुन्छन्।
6 तिनीहरू भेला हुन्छन्; तिनीहरू लुकीछिपी बस्छन्; मेरो प्राणका निम्ति ढुकेर बस्दा तिनीहरू मेरा पाइलाहरू पहिल्याउँछन्।
7 के अधर्म गरेर तिनीहरू उम्कलान्? हे परमेश्वर, तपाईंको क्रोधमा ती मानिसहरूलाई ढालिदिनुहोस्!
8 म भागी-भागी हिँड़ेको हिसाब तपाईंले लिनुभएको छ; मेरा आँसुहरू तपाईंले आफ्ना सिसीमाग हाल्नुहोस्; के ती तपाईंको पुस्तकमा छैनन्?
9 जब म तपाईंलाई पुकार्छु, तब मेरा शत्रुहरू पछि हट्नेछन्; यो कुरा म जान्दछु; किनकि परमेश्वर मेरो पक्षमा हुनुहुन्छ।
10 परमेश्वरमा म उहाँको वचनको प्रशंसा गर्नेछु; परमप्रभुमा म उहाँको वचनको प्रशंसा गर्नेछु।
11 परमेश्वरमाथि मैले भरोसा राखेको छु; म डराउनेछैनँ; मानिसलेघ मलाई के गर्न सक्छ र?
12 हे परमेश्वर, तपाईंका भाकलहरू ममाथि छन्; म तपाईंलाई स्तुति-प्रशंसाहरू चढ़ाउनेछु।
13 किनकि तपाईंले मेरो प्राणलाई मृत्युबाट बचाउनुभएको छ; के जीवितहरूको ज्योतिमा म परमेश्वरको सामु हिँड़्न सकूँ भनेर के तपाईंले मेरा पाउ लोट्नदेखि जोगाउनुहुन्न?