प्रधान वादकका लागि; ‘नेगिनोत’माक; दाऊदको मस्किल; एउटा भजन; जब जिफीहरूले शावलकहाँ आएर भने: ‘के दाऊद हामीकहाँ लुकेर बसेको छैन र?’
54
हे परमेश्वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; अनि तपाईंकै शक्तिले मेरो न्याय गर्नुहोस्!2 हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; मेरो मुखका शब्दहरूतिर कान लगाउनुहोस्!
3 किनकि परदेशीहरू मेरो विरोधमा उठेका छन्, र थिचोमिचो गर्नेहरू मेरो प्राण लिन खोज्छन्; तिनीहरूले परमेश्वरलाई आफ्नो सामु राखेका छैनन्।सेला#
4 हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ; प्रभु मेरो प्राण सम्हाल्नेहरूको साथमा हुनुहुन्छ।
5 उहाँले मेरा शत्रुहरूलाई खराबीको बदला दिनुहुनेछ; आफ्नो सत्यतामा तिनीहरूलाई नष्ट गर्नुहोस्!
6 म तपाईंलाई स्वेच्छा-बलि चढ़ाउनेछु; हे परमप्रभु, म तपाईंको नामको स्तुति गर्नेछु; किनकि यो असल हो।
7 किनभने उहाँले मलाई सबै कष्टबाट छुटकारा दिनुभएको छ; अनि मेरो आँखाले मेरा शत्रुहरूमाथि आफ्नो इच्छा पूरा भएको देखेको छ।