दाऊदको भजन; मस्किल
32
धन्य हो त्यो, जसको अपराध क्षमा भएको छ, जसको पाप ढाकिएको छ।
2 धन्य हो त्यो मानिस, जसको अधर्मको लेखा परमप्रभुले लिनुहुन्‍न, र जसको आत्मामा छल छैन।
3 जब म चुप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो ऐया-आत्थाले गर्दा सुके।
4 किनकि दिनरात तपाईंको हात ममाथि गह्रौं भएर रह्‍यो; मेरो शरीरको पानी ग्रीष्म-ऋतुको खड़ेरीमा बदली भयो। सेला#
5 मैले तपाईंको सामु आफ्नो पाप स्वीकार गरें, र मेरो अधर्म लुकाइनँ। मैले भनें: “म परमप्रभुको सामु आफ्ना अपराधहरू स्वीकार गर्नेछु”; अनि तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो। सेला#
6 यसकारण हरेक भक्तले तपाईंलाई भेट्टाउन सकिने समय हुँदै तपाईंसँग प्रार्थना गरोस्; निश्‍चय नै गहिरा पानीका बाढ़ीहरूमा ती उसको नजिक आउनेछैनन्।
7 तपाईं मेरा लुक्ने ठाउँ हुनुहुन्छ; तपाईंले मलाई दु:खबाट जोगाउनुहुनेछ; तपाईंले मलाई छुटकाराका गीतहरूले घेर्नुहुनेछ। सेला#
8 म तिमीलाई शिक्षा दिनेछु; अनि तिमीले कुन मार्गमा हिँड़्‍नुपर्ने हो, सो तिमीलाई सिकाउनेछु; म आफ्‍नो आँखाले तिमीलाई अगुवाइ गर्नेछु।
9 तिमीहरू समझ नभएको घोड़ा वा खच्‍चरजस्ता नहोओ, जसको मुख लगाम र करेलीले रोक्नुपर्छ, नत्र भने ती तिम्रो नजिकमा आउँछन्।
10 दुष्‍टमाथि धेरै शोक आइपर्नेछन्; तर जसले परमप्रभुमाथि भरोसा राख्दछ, उसलाई करुणाले घेरा हाल्नेछ।
11 हे धर्मी जनहरूहो, परमप्रभुमा आनन्दित होओ, र रमाओ! अनि हे सबै सीधा हृदय भएकाहरूहो, हर्षले चिच्च्याओ!