दाऊदको भजन
29
हे शक्तिशालीका सन्तानहरूहो, परमप्रभुलाई देओ, अँ, परमप्रभुलाई महिमा र बल देओ!2 परमप्रभुलाई उहाँको नामलाई दिनुपर्ने महिमा देओ; पवित्रताको सुन्दरतामाक परमप्रभुलाई दण्डवत् गर!
3 परमप्रभुको आवाज जल-मण्डलमाथि छ; महिमाको परमेश्वर गर्जनुहुन्छ; परमप्रभु विशाल जल-मण्डलमाथि हुनुहुन्छ।
4 परमप्रभुको आवाज सामर्थी छ; परमप्रभुको आवाज प्रतापले भरपूर छ।
5 परमप्रभुको आवाजले देवदारहरू भाँचिदिन्छ; अँ, परमप्रभुले लेबानोनका देवदारहरू भाँचिदिनुहुन्छ।
6 उहाँले तिनीहरूलाई बाछालाई झैं, लेबानोन र सिरिओनलाई जवान जङ्गली साँढ़ेलाई झैं उफार्नुहुन्छ।
7 परमप्रभुको आवाजले आगोका ज्वालाहरू चिर्दछ।
8 परमप्रभुको आवाजले उजाड़स्थानलाई हल्लाउँदछ; परमप्रभुले कादेशको उजाड़स्थानलाई हल्लाउनुहुन्छ।
9 परमप्रभुको आवाजले हरिणीलाई ब्याउने तुल्याउँछ र जङ्गलहरूलाई नाङ्गा पार्छ; अनि उहाँको मन्दिरमा हरेकले उहाँको महिमाको वर्णन गर्छ।
10 परमप्रभु जलप्रलयमाथि विराजमान हुनुहुन्छ; अनि परमप्रभु राजा भई सदा-सर्वदा विराजमान हुनुहुन्छ।
11 परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुनेछ; परमप्रभुले आफ्ना जनहरूलाई शान्तिको आशिष् दिनुहुनेछ।