दाऊदको भजन
28
हे परमप्रभु, मेरो चट्टान, तपाईंलाई म पुकार्छु; मसित चुप नरहनुहोस्; तपाईं मसित चुप रहनुभयो भने म त ती खाड़लभित्र जानेहरूजस्तै हुन्छु।2 जब म तपाईंलाई पुकार्छु, जब म तपाईंको महापवित्रस्थानतिर आफ्ना हात उचाल्छु, तब मेरा विन्तीहरूको सोर सुन्नुहोस्!
3 मलाई दुष्टहरू र कुकर्मीहरूसँग नलैजानुहोस्, जो आफ्ना छिमेकीहरूसँग मेलका कुरा त गर्छन्, तर तिनीहरूका हृदयहरूमा दुष्टता हुन्छ।
4 तिनीहरूलाई तिनीहरूका कामहरूअनुसार र तिनीहरूका कर्मको दुष्टताअनुसार दिनुहोस्; तिनीहरूलाई तिनीहरूका हातको कामअनुसार दिनुहोस्; तिनीहरूलाई तिनीहरूको प्रतिफल दिनुहोस्!
5 तिनीहरूले परमप्रभुका कामहरू र उहाँका हातको कार्यमा ध्यान दिँदैनन्; यसैकारण उहाँले तिनीहरूलाई नष्ट गर्नुहुनेछ र तिनीहरूलाई बनाउनुहुनेछैन।
6 परमप्रभु धन्यका होऊन्; किनकि उहाँले मेरा विन्तीहरूको सोर सुन्नुभएको छ।
7 परमप्रभु मेरा बल र मेरा ढाल हुनुहुन्छ; मेरो हृदयले उहाँमाथि भरोसा राख्यो, र मैले सहायता पाएँ; यसैकारण मेरो हृदय अत्यन्तै रमाउँछ; अनि मेरो गीतद्वारा म उहाँको प्रशंसा गर्नेछु।
8 परमप्रभु उनीहरूका बल हुनुहुन्छ, अनि उहाँ नै आफ्नो अभिषिक्त जनका निम्ति बचाउने बलक हुनुहुन्छ।
9 आफ्ना जनहरूलाई बचाउनुहोस् र आफ्नो निज सम्पत्तिलाई आशिष् दिनुहोस्; अँ, उनीहरूलाई गोठालोले झैं चराउनुहोस् र उनीहरूलाई सर्वदा उठाइराख्नुहोस्!