दाऊदको भजन
27
परमप्रभु मेरो ज्योति र मेरो उद्धार हुनुहुन्छ; म कससँग डराऊँ? परमप्रभु मेरो जीवनको बलक हुनुहुन्छ; म कोदेखि डराऊँ?2 जब दुष्टहरू, अँ, मेरा शत्रुहरू र मेरा दुश्मनहरू मेरो मासु खान ममाथि आइलागे, तब तिनीहरूले ठेस खाएर लोटे।
3 सेनाले मेरो विरोधमा छाउनी हाले तापनि मेरो हृदय डराउनेछैन; मेरो विरोधमा लड़ाइँ मच्च्यो भने पनि म यस अवस्थामा निश्चिन्त रहनेछु।
4 एउटै कुरा मैले परमप्रभुबाट मागेको छु, र त्यसैको पछि म लाग्नेछु – परमप्रभुको सुन्दरता निहार्न र उहाँको मन्दिरमा सोधपुछ गर्न म आफ्नो सारा जीवनभरि नै परमप्रभुको भवनमा रहन पाऊँ।
5 किनकि विपत्तिको दिनमा उहाँले मलाई आफ्नो मण्डपभित्र लुकाइराख्नुहुनेछ; उहाँले मलाई आफ्नो वासस्थानको गुप्त स्थानमा लुकाउनुहुनेछ; उहाँले मलाई चट्टानमाथि बसाल्नुहुनेछ।
6 अनि अब मेरो शिर मेरो वरिपरि भएका शत्रुहरूभन्दा माथि उठाइनेछ; यसकारण म उहाँको वासस्थानमा हर्षोल्लासका बलिहरू चढ़ाउनेछु; म गाउनेछु, अँ, म परमप्रभुका निम्ति स्तुति-प्रशंसाहरू गाउनेछु।
7 हे परमप्रभु, जब म सोर उचाली पुकारुँला, सुन्नुहोस्; ममाथि दया पनि गर्नुहोस् र मलाई जवाफ दिनुहोस्!
8 जब तपाईंले “तिमीहरूले मेरो चेहराको खोजी गर” भन्नुभयो, तब मेरो हृदयले तपाईंलाई भन्यो: “हे परमप्रभु, तपाईंकै चेहराको खोजी म गर्नेछु।”
9 तपाईंको चेहरा मबाट नलुकाउनुहोस्; रिसमा आफ्नो दासलाई नहटाउनुहोस्; तपाईं मेरो सहायता बन्नुभएको छ; हे मेरा उद्धारका परमेश्वर, मलाई नछोड़्नुहोस् र मलाई नत्याग्नुहोस्!
10 जब मेरा बुबा र मेरी आमाले मलाई त्याग्लान्, तब परमप्रभुले मलाई सम्हाल्नुहुनेछ।
11 हे परमप्रभु, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; अनि मेरा शत्रुहरूको कारणले मलाई सम्म बाटोमा डोर्याउनुहोस्!
12 मेरा शत्रुहरूको इच्छामा मलाई नसुम्पनुहोस्; किनकि झूटा साक्षीहरू र निर्दयता उकेल्नेहरूख मेरो विरोधमा उठेका छन्।
13 जीवितहरूको मुलुकमा परमप्रभुको भलाइ देख्ने विश्वास ममा नहुँदो हो त म र्मूच्छित हुनेथिएँ।
14 परमप्रभुको बाटो हेर; साहसिला होऊ; र उहाँले तिम्रो हृदय बलियो पार्नुहुनेछग; म भन्दछु: परमप्रभुको बाटो हेर!