दाऊदको भजन
26
हे परमप्रभु, मेरो न्याय गर्नुहोस्; किनकि म मेरो इमानदारीमा हिँड़ेको छु; मैले परमप्रभुमाथि भरोसा पनि राखेको छु; यसकारण म चिप्लनेछैनँ।2 हे परमप्रभु, मलाई जाँचेर हेर्नुहोस्; मेरो अन्तस्करण र मेरो हृदयलाई पारख गर्नुहोस्!
3 किनकि तपाईंको करुणा मेरा आँखाको सामु छ; अनि म तपाईंको सत्यतामा हिँड़ेको छु।
4 म निकम्मा मानिसहरूसँग बसेको छैनँ, न कपटीहरूको साथमा जानेछु।
5 मैले कुकर्मीहरूको सभालाई घृणा गरेको छु; अनि दुष्टहरूसँग म बस्नेछैनँ।
6 म आफ्ना हातहरू निर्दोषतामा धुनेछु; यसरी हे परमप्रभु, म तपाईंको वेदीको चारैतिर घुम्नेछु;
7 र म धन्यवादको सोरले म घोषणा गर्न सकूँ, र तपाईंका सबै अचम्मका कामहरूको बयान गर्न सकूँ।
8 हे परमप्रभु, तपाईंको भवनको वासस्थानलाई र तपाईंको महिमा रहने ठाउँलाई मैले प्रेम गरेको छु।
9 मेरो प्राणलाई पापीहरूसित र मेरो जीवनलाई खूनी मानिसहरूसित नमिलाउनुहोस्;
10 जसका हातमा उपद्रव हुन्छ, र तिनीहरूको दाहिने हात घूसले भरिएको हुन्छ।
11 तर मचाहिँ, म मेरो इमानदारीमा हिँड़्नेछु; मेरो छुटकारा गर्नुहोस्क, र मप्रति कृपालु हुनुहोस्!
12 मेरो खुट्टा सम्म ठाउँमा उभिन्छ; सभाहरूमा म परमप्रभुलाई धन्यको भन्नेछु।