दाऊदको भजन
23
परमप्रभु मेरा गोठाला हुनुहुन्छ; मलाई कुनै कुराको घटी हुनेछैन।2 उहाँले मलाई हरिया खर्कहरूमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीनिर डोर्याउनुहुन्छ।
3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ; उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा डोर्याउनुहुन्छ।
4 चाहे मृत्युको घोर अन्धकारमय छायाको घाटीबाट भएर हिँड़्नुपरे तापनि म कुनै खराबीदेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लाठो र तपाईंको लौराले, अँ, तिनैले मलाई सान्त्वना दिन्छन्।
5 मेरा शत्रुहरूको सामुन्ने तपाईंले मेरो अघिल्तिर टेबल तयार पार्नुहुन्छ; तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छक मेरो कचौरा भरिएर पोखिन्छ।
6 निश्चय मेरो जीवनभरि नै भलाइ र करुणाले मलाई पछ्याउनेछन्; अनि म परमप्रभुको भवनमा सदा-सर्वदै वास गर्नेछु।