प्रधान वादकका लागि; ‘ऐजेलेथ-शहर’ क-रागमा; दाऊदको भजन
22
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो? मलाई सहायता गर्नदेखि र मेरा चीत्कारका शब्दहरूदेखि तपाईं किन यति टाढ़ा हुनुहुन्छ?2 हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले सुन्नुहुन्न; अनि राति म पुकार्छु र चुप रहँदिनँ।
3 तर हे इस्राएलका स्तुतिहरूरूपी सिंहासनमा बस्नुहुने, तपाईं पवित्र हुनुहुन्छ।
4 हाम्रा पितापुर्खाहरूले तपाईंमाथि भरोसा गरे; उनीहरूले भरोसा गरे, र तपाईंले उनीहरूलाई छुटकारा दिनुभयो।
5 उनीहरूले तपाईंलाई पुकारे, र छुटकारा पाए; उनीहरूले तपाईंमाथि भरोसा राखे, र लज्जित भएनन्।
6 तर म त कीरा हुँ, मानिस नै होइनँ; मानिसहरूको निन्दा र जातिद्वारा तुच्छ ठानिएको।
7 मलाई देख्ने सबैले मलाई खिसी गरेर हाँस्छन्; तिनीहरू ओठ लेप्राउँछन्; तिनीहरू यसो भन्दै टाउको हल्लाउँछन्:
8 “परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ भनी त्यसले उहाँमाथि भरोसा राख्थ्यो; उहाँले नै त्यसलाई छुटकारा दिऊन्; किनकि उहाँ त्यसमा प्रसन्न हुनुभएको छ।”
9 तर मलाई गर्भबाट निकाल्नुहुने तपाईं नै हुनुहुन्छ; आमाको दूध पिउने अवस्थामैख तपाईंले मलाई आशा गर्न लाउनुभयो।
10 गर्भदेखि नै म तपाईंकहाँ सुम्पिएँ; मेरी आमाको पेटदेखि नै तपाईं मेरा परमेश्वर हुनुहुन्छ।
11 मदेखि टाढ़ा नहुनुहोस्; किनकि सङ्कष्ट नजिकै छ; किनकि सहायता गर्ने कोही छैन।
12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्; बाशानका बलिया-बलिया साँढ़ेहरूले मलाई घेरा हालेका छन्।
13 फहराउने र गर्जने सिंहझैं तिनीहरूले मतिर आफ्ना मुख बाए।
14 पानीझैं म पोखिएँ, अनि मेरा सबै हड्डीहरू जोर्नीबाट फुस्केका छन्; मेरो हृदय मैनजस्तो भएको छ; त्यो मेरो पेटभित्रैग पग्लेको छ।
15 खपटोझैं मेरो बल सुकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ; अनि तपाईंले मलाई मृत्युको धूलोमा पुर्याउनुभएको छ।
16 किनकि कुकुरहरूले मलाई घेरेका छन्; दुष्टहरूको झुण्डले मलाई चारैतिरबाट थुनेको छ; तिनीहरूले मेरा हात र मेरा पाउहरू छेंड़े।
17 म मेरा सबै हड्डीहरू गन्न सक्छु; तिनीहरू मलाई हेर्छन्, टक लगाएर हेर्छन्।
18 तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड़्छन् र मेरो पोशाकका लागि गोला हाल्छन्।
19 तर हे परमप्रभु, मदेखि टाढ़ा नहुनुहोस्; हे मेरा बल, मलाई सहायता गर्न हतार गर्नुहोस्!
20 मेरो प्राणलाई तरवारदेखि बचाउनुहोस्; मेरो एकमात्र प्राणलाई कुकुरको पन्जाबाटघ छुटाउनुहोस्!
21 मलाई सिंहको मुखबाट बचाउनुहोस्; किनकि तपाईंले जङ्गली साँढ़ेहरूका सिङहरूबाट मेरो विन्ती सुन्नुभएको छ।
22 म मेरा भाइहरूलाई तपाईंको नाम घोषणा गर्नेछु; सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
23 हे परमप्रभुको डर मान्नेहरूहो, उहाँको प्रशंसा गर; हे याकूबका सबै सन्तानहरूहो, उहाँको महिमा गर; हे इस्राएलका सबै सन्तानहरूहो, उहाँको डर मान!
24 किनकि उहाँले पीड़ितको पीड़ालाई तुच्छ ठान्नुभएको छैन, न घृणा नै गर्नुभएको छ, न ता ऊबाट आफ्नो चेहरा नै लुकाउनुभएको छ; तर जब उसले उहाँलाई पुकार्यो, तब उहाँले सुन्नुभयो।
25 ठूलो सभामा तपाईंबाट मेरो प्रशंसा हुनेछ; उहाँका डर मान्नेहरूको सामु म आफ्ना भाकलहरू पूरा गर्नेछु।
26 नम्रहरूले खानेछन् र तृप्त हुनेछन्; परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्; तिमीहरूको हृदय सदा जीवित रहनेछ।
27 पृथ्वीका सबै छेउ-छेउहरूसम्मका मानिसहरूलेङ सम्झना गर्नेछन्, अनि परमप्रभुकहाँ फर्कनेछन्; अनि अन्यजातिहरूका सबै कुलहरूले तपाईंको सामु दण्डवत् गर्नेछन्।
28 किनकि राज्य परमप्रभुकै हो; अनि जाति-जातिको मध्यमा उहाँ नै शासक हुनुहुन्छ।
29 पृथ्वीका सबै हृष्टपुष्ट मानिसहरूले खानेछन् र दण्डवत् गर्नेछन्; सबै माटोमा मिल्नेहरूले उहाँको अघि दण्डवत् गर्नेछन्; कसैले पनि आफ्नो प्राण जीवित राख्न सक्दैन।
30 एउटा वंशले उहाँको सेवा गर्नेछ; अनि यसको बयान प्रभुद्वारा भावी पुस्तालाई गरिनेछ।
31 तिनीहरू आउनेछन्, र तिनीहरूले एउटा जातिलाई, जो जन्मनेछ, ‘उहाँले यस्तो-यस्तो गर्नुभएको छ’ भनेर उहाँको धार्मिकताको वर्णन गर्नेछन्।