दाऊदको मिक्तामक
16
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्; किनकि तपाईंमाथि नै म भरोसा राख्दछु।2 हे मेरो प्राण, तैंले परमप्रभुलाई भनेको छस्: “तपाईं मेरा प्रभु हुनुहुन्छ; मेरो भलाइ तपाईंमा बाहेक अरू कहीं छैन।
3 पृथ्वीमा भएका पवित्र जनहरू – उनीहरूचाहिँ उत्तम जनहरू हुन्; उनीहरूमा नै मेरो पूरा आनन्द छ।”
4 जो अरू देवताको पछि हतार-हतार दगुर्दछन्, तिनीहरूका दु:खहरू बढ़्नेछन्; तिनीहरूका रगतका अर्घबलिहरू म चढ़ाउनेछैनँ, न ता तिनीहरूका नामहरू म आफ्ना ओठले लिनेछु।
5 परमप्रभु मेरो हकको सम्पत्ति र मेरो कचौराको हिस्सा हुनुहुन्छ; तपाईंले मेरो भाग कायम राख्नुहुन्छ।
6 मेरा निम्ति नाप्ने डोरीहरू मनोहर ठाउँहरूमा परेका छन्; अँ, मैले उत्तम पैतृक सम्पत्ति पाएको छु।
7 म परमप्रभुलाई धन्यको भन्नेछु, जसले मलाई सल्लाह दिनुभएको छ; मेरो अन्तस्करणलेख पनि मलाई रातका समयहरूमा शिक्षा दिन्छ।
8 मैले परमप्रभुलाई सधैं आफ्नो सामु राखेको छु। उहाँ मेरो दाहिने हातपट्टि हुनुहुन्छ, यसैले म डगमगाउनेछैनँ।
9 यसकारण मेरो हृदय आनन्दित छ, र मेरो महिमा रमाउँछ; मेरो शरीरले पनि आशामा विश्राम लिनेछ।
10 किनभने तपाईंले मेरो प्राणलाई अधोलोकमा छोड़्नुहुनेछैन; न ता तपाईंले आफ्नो पवित्र जनलाई सड़्नग दिनुहुनेछ।
11 तपाईंले मलाई जीवनको बाटो देखाउनुहुनेछ; तपाईंको उपस्थितिमा आनन्दको भरपूरी छ; तपाईंको दाहिने हातमा सदा-सर्वदा सुखचैनहरू छन्।