दाऊदको भजन
15
हे परमप्रभु, तपाईंको निवासस्थानमा कसले वास गर्नेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍नेछ?
2 जो सीधा चालमा हिँड़्छ, र जसले धार्मिक काम गर्छ, अनि जो आफ्नो हृदयमा सत्य बोल्छ, त्यो बस्छ।
3 जसले आफ्नो जिब्रोले बदनामी गर्दैन, न ता आफ्नो छिमेकीको खराबी गर्छ, न ता आफ्नो छिमेकीको विरोधमा निन्दा फैलाउँछ।
4 जसका आँखामा नीच मानिस तुच्छ ठहरिन्छ, तर जसले परमप्रभुको डर मान्‍नेहरूलाई आदर गर्दछ; र जसले आफ्नै हानिको निम्ति शपथ खाएर पनि कुरा बदली गर्दैन, त्यो बस्छ।
5 जसले आफ्नो पैसा ब्याजमा लाउँदैन, न ता निर्दोषको विरोधमा घूस खान्छ, त्यो बस्छ। जसले यी कुराहरू गर्दछ, ऊ कहिल्यै डगमगाउनेछैन।