प्रधान वादकका लागि; दाऊदको भजन
14
मूर्खले मन-मनमा भनेको छ: “परमेश्वर छैन।” तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्; असल गर्ने कोही छैन।2 बुझ्ने कोही छ कि? परमेश्वरलाई खोज्ने कोही छ कि? सो हेर्न परमप्रभुले स्वर्गबाट मानिसका सन्तानहरूलाई हेर्नुभयो।
3 तिनीहरू सबै एकातिर लागेका छन्; तिनीहरू सबै एकसाथ फोहोरी भएका छन्; असल गर्ने कोही छैन; अहँ, एउटै पनि छैन।
4 के सबै कुकर्म गर्नेहरूसँग ज्ञान छैन, जसले मेरा जनहरूलाई रोटी खाएझैं खान्छन्, अनि परमप्रभुलाई पुकार्दैनन्?
5 त्यहाँ तिनीहरू ठूलो डरमा परे; किनकि परमेश्वर धर्मी जनको पुस्ताको बीचमा हुनुहुन्छ।
6 तिमीहरूले गरिबको सल्लाह शर्ममा पारेका छौ; किनभने परमप्रभु उसको शरणस्थान हुनुहुन्छ।
7 अहो, इस्राएलको उद्धार सियोनबाट आए त! जब परमप्रभुले आफ्ना जनहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब रमाउनेछ, र इस्राएल आनन्दित हुनेछ।