प्रधान वादकका लागि; दाऊदको भजन
13
हे परमप्रभु, तपाईंले मलाई कहिलेसम्म बिर्सनुहुन्छ, के सधैंभरि? कहिलेसम्म तपाईंले आफ्नो चेहरा मदेखि लुकाउनुहुन्छ?
2 दिनहुँ मेरो हृदयमा शोक बोकेर कहिलेसम्म म मेरो मनको सल्‍लाह लिइरहूँ? कहिलेसम्म मेरो शत्रु मभन्दा माथि भइरहन्छ?
3 मप्रति ध्यान दिनुहोस्, हे परमप्रभु मेरा परमेश्‍वर; मेरो विन्‍ती सुन्‍नुहोस्; मेरा आँखाहरू उज्जवल पार्नुहोस्, नत्र ता म मृत्युको निद्रामा पर्नेछु;
4 नत्र ता मेरो शत्रुले भन्‍नेछ: “मैले त्यसलाई जितेको छु;” अनि म डगमगाउँदा मलाई दुःख दिनेहरू रमाउनेछन्।
5 तर मैले तपाईंको दयामाथि भरोसा राखेको छु; तपाईंको उद्धारमा मेरो हृदय रमाउनेछ।
6 म परमप्रभुका निम्ति गाउनेछु; किनकि उहाँले मलाई प्रशस्त गरी दिनुभएको छ।