प्रधान वादकका लागि; दाऊदको भजन
11
परमप्रभुमाथि म भरोसा राख्दछु; तिमीहरू मेरो प्राणलाई “चराझैं आफ्ना पहाड़मा उड़ेर जा” भनी कसरी भन्छौ?2 किनकि हेर, दुष्टहरूले आफ्नो धनुमा ताँदो चढ़ाउँछन्; सीधा हृदय भएकाहरूलाई लुकेरक हान्नका निम्ति तिनीहरू ताँदोमा आफ्नो काँड़ तयार पार्छन्।
3 जगहरू नै नष्ट हुन्छन् भने धर्मी जनले के गर्न सक्छ र?
4 परमप्रभु आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; परमप्रभुको सिंहासन स्वर्गमा छ; उहाँका आँखाहरूले हेर्दछन्, उहाँका पलकहरूले मानिसका सन्तानलाई जाँच गर्दछन्।
5 परमप्रभुले धर्मी जनलाई जाँच्नुहुन्छ; तर दुष्टलाई र अत्याचार रुचाउनेलाई उहाँको मनलेख घृणा गर्दछ।
6 दुष्टहरूमाथि उहाँले पासाहरू बर्साउनुहुनेछ; आगो, गन्धक र प्रचण्ड आँधी – यही तिनीहरूको कचौराको भाग हुनेछ।
7 किनकि धर्मी परमप्रभुले धार्मिकतालाई प्रेम गर्नुहुन्छ; उहाँको चेहराले सीधा चाल चल्नेलाई हेर्दछ।