प्रधान वादकका लागि; ‘मुथ्-लब्बेन’मा;क दाऊदको भजन
9
हे परमप्रभु, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंका सबै अचम्मका कामहरूको बयान गर्नेछु।2 म तपाईंमा आनन्दित हुनेछु र रमाउनेछु; हे परमप्रधान, म तपाईंको नामको स्तुति गाउनेछु।
3 जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु पछारिनेछन् र नष्ट हुनेछन्।
4 किनकि तपाईंले मेरो अधिकार र मुद्दा कायम राख्नुभएको छ; धार्मिकतापूर्वक न्याय गर्दै तपाईं सिंहासनमा बस्नुभएको छ।
5 तपाईंले अन्यजातिहरूलाई हकार्नुभएको छ; तपाईंले दुष्टलाई नष्ट गर्नुभएको छ; तपाईंले सदा-सर्वदाका निम्ति तिनीहरूको नाम मेटिदिनुभएको छ।
6 ए शत्रु, सदाका लागि विनाशहरू अन्त भएका छन्; अनि तैंले शहरहरू नष्ट गरेको छस्; तिनीहरूसितै तिनीहरूको सम्झनाधरि मेटिएको छ।
7 तर परमप्रभु सधैंभरि रहनुहुनेछ; उहाँले न्यायका निम्ति आफ्नो सिंहासन तयार पार्नुभएको छ।
8 अनि उहाँले धार्मिकतापूर्वक संसारको न्याय गर्नुहुनेछ; उहाँले जाति-जातिको न्याय निष्पक्षतासाथ गर्नुहुनेछ।
9 परमप्रभु थिचोमिचोमा परेकाहरूका निम्ति पनि शरणस्थानख बन्नुहुनेछ – सङ्कष्टका बेलामा शरणस्थान।ख
10 अनि जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्नेछन्; किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।
11 सियोनमा वास गर्नुहुने परमप्रभुको स्तुति गाओ; मानिसहरूको बीचमा उहाँका कामहरूको घोषणा गर!
12 किनभने रगतको खोजतलाश गर्नुहुँदा उहाँले तिनीहरूको सम्झना गर्नुहुन्छ; उहाँ नम्रहरूकोग पुकार बिर्सनुहुन्न।
13 हे परमप्रभु, तपाईं जसले मलाई मृत्युका ढोकाहरूबाट उठाउनुहुन्छ, ममाथि दया राख्नुहोस्; मलाई घृणा गर्नेहरूबाट आएको मेरो कष्टलाई विचार गर्नुहोस्;
14 र तपाईंको सबै प्रशंसा म सियोनकी छोरीका ढोकाहरूमा देखाउन सकूँ; म तपाईंको उद्धारमा रमाउनेछु।
15 अन्यजातिहरू आफैले खनेको खाड़लमा जाकिएका छन्; आफैले लुकाइराखेको जालमा आफ्नै खुट्टा अल्झेको छ।
16 परमप्रभु आफूले गर्नुभएको न्यायद्वारा चिनिनुभएको छ; दुष्ट आफ्नै हातको काममा फसेको छ। हिग्गायोन।घ सेला#
17 दुष्ट अधोलोकमा फर्कनेछन्, परमेश्वरलाई बिर्सने सबै जातिहरू पनि।
18 किनकि दरिद्रङ सधैंभरि बिर्सिनेछैन; गरिबहरूको आशा सदाको लागि मेटिइनेछैन।
19 हे परमप्रभु, उठ्नुहोस्, मानिसच विजयी हुन नपाओस्! तपाईंको सामु अन्यजातिहरूको न्याय गरियोस्!
20 हे परमप्रभु, तिनीहरूलाई डरमा पार्नुहोस्, र अन्यजातिहरूले आफूचाहिँ मानिसछ मात्र रहेछौं भनी जानून्! सेला#