प्रधान वादकका लागि; ‘गित्तिथ’ नामक वीणामाथि; दाऊदको भजन
8
हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति उत्तम छ! तपाईंले आफ्नो महिमा आकाशभन्दा माथि स्थापित गर्नुभएको छ।2 तपाईंका शत्रुहरूको कारणले शत्रुलाई र बदला लिनेलाई चुप गराउन तपाईंले बालकहरू र दूध चुस्ने बच्चाहरूका मुखबाट सामर्थ्यक स्थापित गर्नुभएको छ।
3 जब म तपाईंको आकाशलाई विचार गर्दछु, जुनचाहिँ तपाईंका औंलाहरूको काम हो, अर्थात् जून र ताराहरू, जसलाई तपाईंले नियुक्त गर्नुभयो,
4 तब मानिस के हो, र तपाईं ऊप्रति ध्यान राख्नुहुन्छ? अनि मानिसको सन्तान के हो, र तपाईं ऊमाथि दृष्टि लगाउनुहुन्छ?ख
5 किनकि तपाईंले उसलाई स्वर्गदूतहरूभन्दा केही कम बनाउनुभयो, र उसलाई महिमा र आदरको मुकुट पहिराउनुभयो।
6 तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि प्रभुत्व राख्ने तुल्याउनुभयो; तपाईंले सबै कुराहरू उसका पाउमुनि राख्नुभयो;
7 सबै भेड़ाबाख्रा र गाईगोरुहरू, अँ, वनपशुहरूग;
8 आकाशका चराहरू, समुद्रका माछाहरू र समुद्रहरूभित्रघ चल्ने सबै जन्तुहरू।
9 हे परमप्रभु, हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति उत्तम छ!!