प्रधान वादकका लागि; तारवाला वाजाहरूमा; ‘शेमिनिथ’मा;क दाऊदको भजन
6
हे परमप्रभु, तपाईंको क्रोधमा मलाई नहकार्नुहोस्; तपाईंको तातो रिसमा मलाई ताड़ना नदिनुहोस्!2 हे परमप्रभु, ममाथि दया राख्नुहोस्; किनकि म कमजोर छु; हे परमप्रभु, मलाई निको पार्नुहोस्; किनकि मेरा हड्डीहरू व्याकुल भएका छन्।
3 मेरो प्राण पनि अति व्याकुल भएको छ; तर तपाईंचाहिँ हे परमप्रभु, कहिलेसम्म – ?
4 हे परमप्रभु, फर्कनुहोस्, मेरो प्राणलाई छुटकारा दिनुहोस्! तपाईंको करुणाको खातिर मलाई बचाउनुहोस्!
5 किनकि मृत्युमा तपाईंको सम्झना हुँदैन; अधोलोकमाख कसले तपाईंलाई धन्यवाद देला?
6 सुस्केरा हाल्दा-हाल्दै म थकित भइसकें; रातभरि म मेरो पलङ आहाल पार्छु; मेरा आँसुले म आफ्नो ओछ्यान भिजाउँछु।
7 शोकले गर्दा मेरो आँखा जलिसक्यो; मेरा सबै शत्रुहरूले गर्दा त्यो कमजोर हुँदै जाँदैछ।
8 हे सबै कुकर्म गर्नेहरूहो, मदेखि हटिजाओ; किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्नुभएको छ।
9 परमप्रभुले मेरो विन्ती सुन्नुभएको छ; परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्नुहुनेछ।
10 मेरा सबै शत्रुहरू लज्जित होऊन् र अति व्याकुल होऊन्; तिनीहरू फर्कून् र एक्कासि लज्जित होऊन्।