प्रधान वादकका लागि; तारवाला बाजाहरूमा; दाऊदको भजन
4
हे मेरो धार्मिकताका परमेश्वर, मैले पुकार्दा मेरो पुकार सुन्नुहोस्; जब म कष्टमा परें, तब तपाईंले मलाई बढ़ाउनुभयो। ममाथि दया राख्नुहोस्, र मेरो प्रार्थना सुन्नुहोस्!2 हे मानिसहरूहो, कहिलेसम्म तिमीहरू मेरो महिमालाई शर्ममा बदली गरिरहन्छौ? कहिलेसम्म तिमीहरू व्यर्थतालाई प्रेम गरिरहन्छौ, झूटको खोजमा लागिरहन्छौ? सेला#
3 तर जानिराख, कि जो भक्त छ, उसैलाई परमप्रभुले आफ्ना निम्ति अलग पार्नुभएको हो; मैले परमप्रभुलाई पुकार्दा उहाँले सुन्नुहुनेछ।
4 भयभीत होओ,क र पाप नगर; आफ्नो ओछ्यानमा मनमनै ध्यान गर, र शान्त होओ! सेला#
5 धार्मिकताका बलिदानहरू चढ़ाओ, र परमप्रभुमाथि भरोसा राख!
6 यसो भन्नेहरू धेरै छन्: “कसले हामीलाई असल कुरा देखाउला?” हे परमप्रभु, तपाईंको चेहराको ज्योति हामीमाथि चम्काउनुहोस्!
7 तिनीहरूको अन्न र तिनीहरूको दाखमद्यको वृद्धि हुँदा जुन आनन्द हुन्छ, त्योभन्दा बढ़ी आनन्द तपाईंले मेरो हृदयमा हालिदिनुभएको छ।
8 शान्तिसित म सुत्नेछु र निदाउनेछु; किनकि हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षासाथ बस्ने तुल्याउनुहुन्छ।