दाऊदको भजन; आफ्नो पुत्र अब्शालोमबाट भागेको समयमा
3
हे परमप्रभु, मलाई दुःख दिनेहरू कति बढ़ेका छन्! मेरो विरोधमा उठ्नेहरू धेरै छन्।2 मेरो प्राणको विषयमा यसो भन्नेहरू धेरै छन्: “त्यसको लागि परमेश्वरमा सहायता छैन।” सेला#
3 तर हे परमप्रभु, तपाईं नै मेरा निम्तिख ढाल हुनुहुन्छ; मेरो महिमा, र मेरो शिर उठाउनेवाला!
4 मैले आफ्नो सोर उचालेर परमप्रभुलाई पुकारें, अनि उहाँले आफ्नो पवित्र पर्वतबाट मेरो पुकार सुन्नुभयो।ग सेला
5 म सुतेंघ र निदाएँ; म बिउँझें; किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो।
6 म ती दस हजारौं मानिसहरूसँग डराउनेछैनँ, जसले मेरो विरोधमा वरिपरि घेरा हालेका छन्।
7 हे परमप्रभु, उठ्नुहोस्; हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्; किनकि तपाईंले मेरा सबै शत्रुहरूको गालामा हिर्काउनुभएको छ; तपाईंले भक्तिहीनहरूका दाँत भाँचिदिनुभएको छ।
8 उद्धार परमप्रभुको हो; तपाईंको आशिष् तपाईंका जनहरूमाथि छ। सेला#