2
किन अन्यजातिहरू झोंकले रन्किन्छन्, अनि जाति-जातिका मानिसहरू व्यर्थको कुरा कल्पना गर्छन्?
2 परमप्रभुको विरोधमा र उहाँको अभिषिक्त जनको विरोधमा पृथ्वीका राजाहरू खड़ा हुन्छन् र शासकहरू आपसमा यसो भन्दै सल्‍लाह गर्छन्:
3 “आओ, तिनीहरूका बन्धनहरू तोड़िदिऔं र तिनीहरूका डोरीहरू हामीबाट फालिदिऔं!”
4 स्वर्गमा बस्‍नुहुने हाँस्‍नुहुनेछ; प्रभुले तिनीहरूको खिसी गर्नुहुनेछ।
5 तब उहाँ आफ्नो क्रोधमा तिनीहरूसित बोल्नुहुनेछ, र आफ्नो बल्दो रिसमा तिनीहरूलाई व्याकुल पार्नुहुनेछ –
6 “तरै पनि मैले आफ्नो राजालाई मेरो पवित्र पर्वत सियोनमाथि बसालेको छु
7 म उर्दी घोषणा गर्नेछु: ‘परमप्रभुले मलाई भन्‍नुभएको छ: तिमी मेरा पुत्र हौ; आज मैले तिमीलाई जन्माएको छु।
8 मलाई माग, र म तिमीलाई तिम्रो हकको सम्पत्तिको रूपमा अन्यजातिहरू र तिम्रो अधिकारको रूपमा सम्पूर्ण पृथ्वी दिनेछु।
9 तिमीले तिनीहरूलाई फलामको डण्डाले तोड़्नेछौ, तिमीले तिनीहरूलाई कुम्हालेको भाँड़ाझैं टुक्रा-टुक्रा पार्नेछौ।’
10 यसकारण अब हे राजाहरूहो, बुद्धिमान् बन; हे पृथ्वीका न्यायकर्ताहरूहो, पाठ सिक!
11 डरसहित परमप्रभुको सेवा गर, र थरथराउँदै आनन्द गर!
12 पुत्रलाई चुम्बन गर, नत्र उनी रिसाउलान्, र उनको क्रोध अलिकति मात्रै पनि दन्कियो भने तिमीहरू बाटोमै नाश होऔला; उनीमाथि भरोसा राख्‍नेहरू सबै धन्यका हुन्।”