परमेश्वर अय्यूबलाई पशु र पक्षीको सम्बन्धमा प्रश्न गर्नुहुन्छ
39
“चट्टानका जङ्गली बाख्राहरू कहिले बियाउँछन्, के तिमी त्यो समय जान्दछौ? अथवा के तिमीले हरिणीहरूले बियाएका हेर्नक सक्छौ? 2 के तिमीले यिनीहरूका पूरा हुने महिनाहरू गन्न सक्छौ? वा के तिमी यिनीहरूको जन्माउने समय जान्दछौ? 3 यिनीहरू झुक्छन्, आफ्ना बच्चाहरू बियाउँछन् र आफ्ना व्यथाहरू अफाल्छन्। 4 यिनीहरूका बच्चाहरू बलिया हुन्छन्, ती खुला मैदानमाख हुर्कन्छन्; ती निस्केर जान्छन् र यिनीहरूकहाँ फर्कंदैनन्।5 कसले जङ्गली गधालाई फुक्का पठाएको छ? अथवा कसले जङ्गली गधाका बन्धनहरू खोलेको छ, 6 जसको घरचाहिँ मैले उजाड़स्थानलाई र नुनिलो मरुभूमिलाई चाहिँ त्यसका वासस्थानहरू ठहराएको छु। 7 त्यसले शहरको खैलाबैलालाईग खिसी गर्छ, र धपाउनेकाघ चिच्च्याहटहरूलाई वास्ता गर्दैन। 8 पहाड़हरूको लहर त्यसको खर्क हो, अनि त्यसले हरेक हरियो थोक खोजिहिँड़्छ।
9 के जङ्गली साँढ़ेङ तिम्रो सेवा गर्न इच्छुक होला, वा तिम्रो डुँड़निर बसिरहला? 10 के तिमी जङ्गली साँढ़ेलाईच त्यसको डोरीले बाँधेर सियोमा हिँड़ाउन सक्छौ?छ वा के त्यसले तिम्रो पछि-पछि बेंसीहरूमा दाँदे लाउला? 11 त्यसको बल धेरै भएकोले के तिमी त्यसमाथि भरोसा गर्छौ? अथवा आफ्नो परिश्रम त्यसको जिम्मामा छोड़्छौ? 12 त्यसले तिम्रो अन्नज घरमा ल्याउनेछ, र तिम्रो भकारीमाझ जम्मा पार्नेछ भनी के तिमी त्यसमाथि विश्वास गर्छौ?
13 के तिमीले मयूरहरूलाई सुन्दर पखेटाहरू, वा सुतुरमुर्गलाई पखेटाहरू र प्वाँखहरू दियौ? 14 जसले आफ्ना अण्डाहरू भुइँमा छोड़िराख्छ र तिनलाई धूलोमा तताउँछ, 15 अनि खुट्टाले तिनलाई कुल्चीमिल्ची पार्ला, अथवा जङ्गली पशुहरूले तिनलाई फुटाउलान् भन्ने कुरा बिर्सिहाल्छ। 16 आफ्नै बच्चाहरूप्रति, मानौं ती त्यसका होइनन् झैं गरी त्यो कठोर हुन्छ; त्यसको परिश्रम व्यर्थ हुन्छ, तथापि त्यो निडर छ; 17 किनकि परमेश्वरले त्यसलाई बुद्धि दिनुभएको छैन, न ता त्यसलाई समझ नै बाँड़िदिनुभएको छ। 18 जुन समय त्यसले आफूलाई माथि उठाउँछञ, त्यस समय त्यसले घोड़ा र यसको घोड़चढ़ीलाई खिसी गर्छ।
19 के तिमीले घोड़ालाई त्यसको बल दिएका छौ? के तिमीले त्यसको गर्दनमा अयाल पहिराइदिएका छौ? 20 के तिमीले त्यसलाई सलहलाई झैं थर्कमान् पार्न सक्छौ? त्यसको प्रतापी फुत्कार डरलाग्दो हुन्छ। 21 त्यसले बेंसीमा टाप मार्छ, र आफ्नो बलमा रमाउँछ; त्यो हतियारले सुसज्जित मानिसहरूलाई भेट्न निस्केर जान्छ। 22 त्यसले डरलाई खिसी गर्छ, र त्यो हताश हुँदैन; न ता तरवारको सामुबाट पिठ्यूँ फर्काउँछट। 23 त्यसको विरोधमा ठोक्रो खड़खड़ाउँछ, चम्चम् चम्कने भाला र ढाल पनि। 24 हड़बड़ी र क्रोधले त्यसले जमिनलाई निल्छ; तुरहीको आवाज सुनेर त्यो स्थिर रहन सक्दैन। 25 तुरहीका ध्वनिहरू गुन्जँदा त्यसले ‘हा! हा!’ भन्छ; अनि त्यसले टाढ़ैबाट लड़ाइँको गन्ध, कप्तानहरूको गर्जन र युद्धको नारा थाहा पाउँछ।
26 के तिम्रै बुद्धिले बाज उड़्छ र आफ्ना पखेटाहरू दक्षिणतिर फैलाउँछ? 27 के तिम्रै आज्ञाले चील उँभो-उँभो उड़्छ, र उच्च स्थानमा आफ्नो गुँड़ बनाउँछ? 28 त्यो चट्टानमा बस्छ, अनि पहराको चुलीमाठ र गढ़ीमा आफ्नो वासस्थान बनाउँछ। 29 त्यहाँबाट त्यसले आफ्नो शिकार खोज्छ; त्यसका आँखाहरूले टाढ़ासम्म देख्छन्। 30 अनि त्यसका बच्चाहरूले पनि रगत चुस्छन्; अनि मारिएकाहरू जहाँ छन्, त्यो त्यहीं हुन्छ।”