एलिहू अय्यूबको स्व-धार्मिकतालाई खण्डन गर्छन्
33
“यसैकारण, अय्यूब, म तपाईंलाई विन्ती गर्दछु, मेरा शब्दहरू सुन्नुहोस् र मेरा सबै वचनहरू ध्यानपूर्वक सुन्नुहोस्क! 2 अब हेर्नुहोस्! मैले आफ्नो मुख खोलेको छु; मेरो मुखभित्र मेरो जिब्रो बोलेको छ। 3 मेरा वचनहरू मेरो हृदयको सीधापनबाटका हुनेछन्, र मेरा ओठहरूले सफासित ज्ञान बताउनेछन्। 4 परमेश्वरका आत्माले मलाई बनाउनुभएको हो; अनि सर्वशक्तिमान्को सासले मलाई जीवन दिएको हो। 5 तपाईंले मलाई जवाफ दिन सक्नुहुन्छ भने मेरो सामु आफ्ना वचनहरू क्रमसँग राखेरख खड़ा हुनुहोस्! 6 हेर्नुहोस्, परमेश्वरको सामु म पनि तपाईंजस्तै हुँ; म पनि चिम्टे माटोबाट बनिएको हुँ। 7 हेर्नुहोस्, मेरो आतङ्कले तपाईंलाई भयभीत पार्नेछैन, न ता तपाईंमाथि मेरो हात गह्रौं हुनेछ।8 साँच्चै मैले सुन्ने गरी तपाईं बोल्नुभएको हो; अनि मैले तपाईंका वचनहरूको यसो भन्ने शब्द सुनेको छु: 9 ‘म विनाअपराधको छु; म शुद्ध छु; म निर्दोष छु; न ता ममा कुनै अधर्म नै छ। 10 हेर, उहाँले मेरो विरोधमा निहुँहरू खोज्नुहुन्छ; उहाँले मलाई आफ्नो शत्रु ठान्नुहुन्छ। 11 उहाँले मेरा पाउहरू ठिङ्गुरामा हाल्नुहुन्छ; उहाँले मेरा सबै चालहरू ध्यानसँग हेर्नुहुन्छ।’ 12 हेर्नुहोस्, यस कुरामा तपाईं ठीकग हुनुहुन्न; म तपाईंलाई जवाफ दिनेछु: परमेश्वर मानिसभन्दा महान् हुनुहुन्छ।
13 तपाईं किन उहाँसँग लड़्नुहुन्छ? किनकि उहाँले आफ्नो कुनै पनि कुराको लेखा दिनुहुन्न। 14 किनकि परमेश्वर एकपल्ट, अँ, दुईपल्ट बोल्नुहुन्छ, तर मानिसले चालै पाउँदैनघ। 15 सपनामा, रातको दर्शनमा, मानिसहरू मस्त निद्रामा परेको बेलामा, ओछ्यानमाथि उङ लागेका बेलाहरूमा, 16 तब नै उहाँले मानिसहरूका कानहरू खोल्नुहुन्छ र तिनीहरूको शिक्षामा मोहरछाप लाउनुहुन्छ, 17 मानिसलाई त्यसको कामबाट हटाउनलाई र घमण्ड मानिसबाट लुकाउनलाई। 18 उहाँले त्यसको प्राणलाई खाड़लबाट र त्यसको जीवन तरवारले नाश हुनदेखि रोकिराख्नुहुन्छ।
19 अनि मानिसलाईङ त्यसको पलङमाथि पीड़ाद्वारा, र त्यसका हड्डीहरूलाई निरन्तर भइरहने लड़ाइँद्वारा ताड़ना दिइन्छ; 20 यहाँसम्म कि त्यसको जीवनले रोटीलाई र त्यसको प्राणले स्वादिष्ट भोजनलाई घृणा गर्छ। 21 त्यसको मासु सुकेर जान्छ, र त्यो देखिँदैन; अनि त्यसका देखा नपरेका हड्डीहरू बाहिर निस्कन्छन्। 22 अँ, त्यसको प्राण चिहाननिर,च र त्यसको जीवन नाश गर्नेहरूकहाँ पुग्छ।
23 त्यससँग मध्यस्थको रूपमा एकजना दूत, हजारमा एकजना छन् भने, जसले मानिसलाई उसले हिँड़्नुपर्ने सीधा चाल देखाउँछन्; 24 उहाँ त्यसप्रति अनुग्रही बन्नुहुन्छ, र भन्नुहुन्छ: ‘त्यसलाई तल खाड़लमा जानदेखि छुटाऊ! मैले छुटकाराको दाम पाएको छु।’ 25 त्यसको मासु बालकको भन्दा पनि ताजा हुनेछ; त्यो फेरि आफ्नो जवानीको अवस्थामा फर्कनेछ; 26 त्यसले परमेश्वरलाई प्रार्थना गर्नेछ, र उहाँले त्यसप्रति कृपादृष्टि देखाउनुहुनेछ; अनि त्यसले हर्षसितछ उहाँको चेहरा निहार्नेछ; किनकि उहाँले मानिसलाई आफ्नो धार्मिकता फर्काउनुहुनेछ। 27 त्यसले मानिसहरूलाई हेर्नेछ, र भन्नेछ: ‘मैले पाप गरेको छु, र जे ठीक थियो, त्यसलाई टेढ़ा पारेको छु, तर त्यसबाट मलाई केही फाइदा भएन।’ 28 उहाँले त्यसको प्राणलाई खाड़लमा जानदेखि छुटाउनुभएको छ, र त्यसको जीवनले ज्योति देख्नेछ।
29 हेर्नुहोस्, यी सबै कुराहरू परमेश्वरले मानिससित घरी-घरीज गर्नुहुन्छ, 30 त्यसको प्राणलाई खाड़लबाट फर्काएर ल्याउनलाई, फलस्वरूप त्यो जीवितहरूको ज्योतिले उज्ज्वल होस्। 31 हे अय्यूब, राम्ररी ध्यान दिनुहोस्! मेरो कुरा सुन्नुहोस्; चुप रहनुहोस्, र म बोल्नेछु। 32 यदि तपाईंको केही भन्नु छ भने, मलाई जवाफ दिनुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष ठहराउन चाहन्छु। 33 होइन भने, मेरो कुरा सुन्नुहोस्! चुप रहनुहोस्, र म तपाईंलाई बुद्धि सिकाउनेछु।”