एलिहूको पहिलो जवाफ
32
तब ती तीनजना मानिसहरूले अय्यूबलाई जवाफ दिन छोड़े; किनकि तिनी आफ्नो दृष्टिमा धर्मी थिए। 2 तब रामको परिवारका बूजी बारकेलका छोरा एलिहूको रिस दन्क्यो, अय्यूबको विरोधमा उसको रिस दन्क्यो; किनकि तिनले परमेश्वरलाई भन्दा आफूलाई धर्मी ठहराए। 3 साथै तिनका तीनजना साथीहरूप्रति पनि उनको रिस दन्क्यो; किनकि तिनीहरूले कुनै जवाफ पाएनन्, तैपनि अय्यूबलाई दोषी ठहऱ्याए। 4 अनि एलिहूले अय्यूब बोलुन्जेल पर्खे; किनकि तिनीहरू उनीभन्दा बढ़ी उमेरका थिए। 5 तर ती तीनजना मानिसको मुखमा कुनै जवाफ नभएको देखेर उनको रिस दन्क्यो।6 अनि बूजी बारकेलका छोरा एलिहूले जवाफ दिएर भने: “म जवान छु, तर तपाईंहरूचाहिँ धेरै वृद्ध हुनुहुन्छ; यसैले म डराएको थिएँ, अनि तपाईंहरूलाई मेरो राय प्रकट गर्न डराएँ। 7 मैले भनें: ‘उमेरदारहरूक बोलून्, र धेरै वर्ष पुगेकाहरूलेख बुद्धि सिकाऊन्!’ 8 तर मानिसमा आत्मा हुन्छ; अनि सर्वशक्तिमान्को सासले तिनीहरूलाई समझ दिन्छ। 9 ठूला मानिसहरू सधैंभरि बुद्धिमान् हुँदैनन्, न ता वृद्धहरूले न्याय बुझ्छन्। 10 यसैकारण मैले भनें: ‘मेरो कुरा सुन्नुहोस्; म पनि मेरो राय प्रकट गर्नेछु।’ 11 हेर्नुहोस्, मैले तपाईंहरूका वचनहरू पर्खें; मैले तपाईंहरूका तर्कहरूप्रति कान लगाएँ, जुन घड़ी तपाईंहरूले के बोलूँ भनी शब्दहरू खोज्दै हुनुहुन्थ्यो। 12 अँ, मैले ध्यानपूर्वक तपाईंहरूको कुरा सुनें; अनि हेर्नुहोस्, तपाईंहरूमध्ये कसैले पनि अय्यूबलाई कायल पार्नुभएन, न ता उहाँका वचनहरूको जवाफ नै दिनुभयो। 13 कहीं तपाईंहरूले यसो भन्नुहुन्छ कि: ‘हामीले बुद्धि पाएका छौं; परमेश्वरले उनलाई खण्डन गरून्, मानिसले होइन!’ 14 अनि उहाँले आफ्ना वचनहरू मतिर पेस गर्नुभएको छैन; न ता म तपाईंहरूका वचनहरू लिएर उहाँलाई जवाफ दिनेछुग। 15 तिनीहरू हताश भए; तिनीहरूले फेरि जवाफ दिएनन्; तिनीहरूले बोल्नै छोड़ेघ; 16 अनि मैले पर्खिरहें; (किनकि तिनीहरू बोलेनन्, तर अड़िरहे, र फेरि जवाफ दिएनन्); 17 म पनि मेरो हिस्सा जवाफ दिनेछु; म पनि मेरो राय प्रकट गर्नेछु। 18 किनकि म वचनहरूले भरिएको छु; मभित्रङ आत्माले मलाई विवश पार्दछ। 19 हेर्नुहोस्, मेरो पेट हावा छोड़्ने ठाउँ नभएको दाखमद्यजस्तो छ; नयाँ मशकहरूजस्तै यो फुट्न लागेको छ। 20 शीतल होऊँ भनेर म बोल्नेछु; म मेरा ओठहरू खोल्नेछु, र जवाफ दिनेछु। 21 म तपाईंहरूलाई विन्ती गर्दछु, मैले कसैको मुख हेरेर काम नगरूँ, न ता कुनै मानिसलाई चिप्लो घसेर गुणगान गरूँच! 22 किनकि म चिप्लो घसेर गुणगान गर्नच जान्दिनँ; गरें भने मेरा सृष्टिकर्ताले मलाई चाँड़ै उठाएर लैजानुहुनेछ।”