अय्यूब आफ्नो उच्च कोटिको चालको बयान गर्छन्
31
“मैले मेरा आँखाहरूसँग एउटा वाचा बाँधेको छु; तब किन म कुनै कन्यामाथि आँखा गाड़ूँ? 2 किनकि त्यसमा माथिबाट परमेश्वरको कुनचाहिँ भाग, र उच्च स्थानदेखि सर्वशक्तिमान्को कुनचाहिँ हकको सम्पत्ति होला? 3 के दुष्टका निम्ति विनाश, र अधर्म गर्नेहरूका निम्ति अनौठो सजाय छैन होला? 4 के उहाँले मेरा चालहरू देख्नुहुन्न र? र मेरा सबै पाइलाहरू गन्ती गर्नुहुन्न र?5 यदि म व्यर्थ चालमा हिँड़ेको छु भने, वा मेरो पाउले धोका दिन हतार गरेको छ भने, 6 उहाँले मलाई सच्चा तराजूमा तौलून्, र परमेश्वरले मेरो इमानदारी थाहा पाऊन्। 7 मेरो पाइला मार्गबाट भड़्किएको छ भने, अनि मेरो हृदय मेरा आँखाहरूको पछि हिँड़ेको छ भने, र मेरा हातहरूमा कुनै कलङ्क टाँसिएको छ भने, 8 मैले बीउ छरूँ र अर्कोले त्यो खाओस्; अँ, मेरो वंश उखालिओस्! 9 यदि मेरो हृदय कुनै स्त्रीद्वारा धोकामा परेको छ भने, अथवा मेरो छिमेकीको ढोकामा म ढुकेर बसेको छु भने, 10 मेरी पत्नीले अर्काका निम्ति जाँतो पिँधोस्, र अरूले उसलाई भ्रष्ट पारून्क; 11 किनकि यो त घोर अपराधख हो; अँ, यो न्यायकर्ताहरूद्वारा दण्ड दिइनुपर्ने अधर्म हो; 12 किनकि यो त विनाशसम्म भस्म पार्ने आगो हो, र यसले मेरो सारा उब्जनी उखालिदिन्छ।
13 मेरो दास वा मेरी दासीले मसित बहस गर्दा मैले तिनीहरूको उजुरलाई तुच्छ ठानेकोग छु भने, 14 परमेश्वर उठ्नुहुँदा म के गरूँ? अनि उहाँले मलाई भेटघ गर्नुहुँदा म उहाँलाई के जवाफ दिऊँ? 15 उहाँ जसले मलाई गर्भमा बनाउनुभयो, के उहाँले नै उसलाई पनि बनाउनुभएको होइन र? अनि के एकैजनाले हामीलाई गर्भभित्र रच्नुभएको होइन र?
16 यदि मैले गरिबहरूबाट तिनीहरूले चाहना गरेको कुरा रोकेर राखेको छु भने, अथवा विधवाका आँखाहरू निराशङ पारिदिएको छु भने, 17 अथवा मैले मेरो गाँस आफैले मात्र खाएको छु, र टुहुराले त्यसबाट खान पाएको छैन भने, 18 (किनकि म केटा हुँदादेखि नै ऊ मसित बुबासित झैं गरी हुर्किएको थियो, र मेरी आमाको गर्भदेखि नै मैले उसलाई डोर्याएको छु); 19 यदि मैले कसैलाई लुगाको अभावले नाश भएको, वा कुनै गरिबलाईच ओढ्ने नभएको देखेको छु भने, 20 यदि त्यसको हृदयलेछ मलाई आशीर्वाद दिएको छैन भने, र मेरो भेड़ाको ऊनले त्यसले आफूलाई न्यानो पारेको छैन भने, 21 यदि मूलढोकामा मैले आफ्नो सहायता देखेर टुहुराको विरोधमा आफ्नो हात उठाएको छु भने, 22 मेरो हात कुमको हड्डीबाटै खसोस्, र मेरो पाखुरा हड्डीबाटै चुँड़िओस्! 23 किनकि परमेश्वरबाटको विनाश मेरो आतङ्क थियो, र उहाँको सर्वश्रेष्ठताले गर्दा मैले सहन सकिनँ।
24 यदि मैले सुनलाई मेरो आशा तुल्याएको छु भने, अथवा चोखो सुनलाई ‘तिमी मेरो भरोसा हौ’ भनेको छु भने, 25 मेरो धनसम्पत्ति धेरै भएकोले, र मेरो हातले प्रशस्त गरी प्राप्त गरेको कारणले म रमाएको छु भने, 26 मैले सूर्य चम्केको, र चन्द्रमालाई रोशनीको साथमा हिँड़ेको देखेर 27 मेरो हृदय गुप्त रीतिले बहकिएको छ भने, वा मेरो मुखले मेरो हात चुम्बन गरेको छ भने, 28 यो पनि न्यायकर्ताद्वारा दण्ड दिइनुपर्ने अधर्म हुनेथियो; किनकि मैले उच्चमा हुनुहुने परमेश्वरलाई इन्कार गरेको हुनेथिएँ।
29 मलाई घृणा गर्ने मानिस नाश हुँदा म रमाएको छु भने, अथवा त्यसमाथि विपत्ति आइपर्दा म फुरुक्क भएको छु भने; 30 (तर मैले मेरो मुखलाई श्राप गरेर त्यसको प्राण लिने माग गर्ने पाप गर्न दिएको छैनँ)। 31 मेरो वासस्थानका मानिसहरूले, ‘कसले यस्तो मानिसलाई भेट्टाउला, जो उसको मासु खाएर तृप्त भएको छैन?’ भनी भनेनन् भने; 32 कुनै परदेशीले सड़कमा वास बस्नुपरेन; किनकि मैले यात्रीका निम्ति आफ्ना ढोकाहरू खोलिदिएँ।
33 मैले आफ्नो अधर्म छातीभित्र लुकाएर आदमले झैं आफ्ना अपराधहरू छोपेको छु भने, 34 मैले ठूलो भीड़सँग डराउनुपरोस्, र घराना-घरानाकोज अपमानले मलाई भयभीत पारोस्; अनि म चुप रहनेछु, र ढोकाबाहिर निस्कनेछैनँ।
35 मेरो कुरा सुन्ने कोही भए त! हेर, मेरो चाहना – सर्वशक्तिमान्ले मलाई जवाफ दिऊन्! र मेरो वादीले एउटा दोष-पत्रझ लेखेको भए त! 36 निश्चय म त्यसलाई आफ्नो काँधमाथि बोक्नेथिएँ, र त्यसलाई मुकुटजस्तो गरी आफ्नो शिरमाञ बाँध्नेथिएँ। 37 म मेरा कदमहरूको गन्ती उहाँलाई बताउनेथिएँ; एक शासकझैं म उहाँको नजिक जानेथिएँ।