अय्यूब आफ्नो वर्तमान दयनीय अवस्था सम्झन्छन्
30
“तर अहिले मभन्दा साना उमेरकाहरूले मलाई खिसी गरेर हाँस्छन्, जसका बुबाहरूलाई म मेरा भेड़ाबाख्राका कुकुरहरूको साथमा राख्न पनि तुच्छ ठान्नेथिएँक। 2 अँ, तिनीहरूको हातको बलले मलाई के लाभ हुन्छ र, जसको शक्तिख नाश भइसकेको छ? 3 अभाव र अनिकालले गर्दा तिनीहरू उजाड़ भएका छन्, जो अघिदेखि नै उजाड़ र बन्जर भएको उजाड़स्थानतिर भाग्छन्। 4 तिनीहरू पोथ्राहरूको छेउछाउमा नुनिलो साग टिप्थे र भोजनका निम्ति झाउको रूखका जराहरू उखाल्थे। 5 तिनीहरू मानिसहरूको बीचबाट लखेटिएका थिए, (मानिसहरूलेग तिनीहरूको पछि चोरको पछि कराएझैं कराउँथे); 6 यस हेतुले कि तिनीहरू बेंसीहरूका धाँजाहरू, पृथ्वीका ओड़ारहरू र चट्टानहरूमा बसून्। 7 पोथ्राहरूको बीचमा तिनीहरू हिनहिनाउँथे; सिस्नुका झाङहरूमुनि तिनीहरू भेला हुन्थे। 8 तिनीहरू मूर्खहरूका सन्तान, अँ, नाम नभएका मानिसहरूका सन्तान थिए; तिनीहरू देशबाट निकालिएकाहरू थिए।9 अनि अहिले म तिनीहरूको गीतको विषयवस्तु भएको छु; अँ, म तिनीहरूको उपमा बनेको छु। 10 तिनीहरू मलाई घृणा गर्छन्, मदेखि टाढ़ा-टाढ़ा भाग्छन् र मेरो मुखमा थुक्नधरि बाँकी राख्दैनन्। 11 किनकि उहाँले मेरो डोरी खकुलो पार्नुभएको छ र मलाई दु:खकष्ट दिनुभएको छ; अनि तिनीहरूले मेरो सामु लगाम छोड़ेकाघ छन्। 12 मेरो दाहिने हातपट्टि तन्हेरीहरू गट्ठा बाँध्छन्; तिनीहरूले मेरा खुट्टाहरू धकेलिदिन्छन्, र आफ्ना विनाशकारी बाटाहरू मेरो विरोधमा खड़ा गर्छन्। 13 तिनीहरू मेरो बाटो भत्काउँछन्, तिनीहरू मेरो विपत्ति अघि सारिदिन्छन्; तिनीहरू, जसको कोही सहायक छैन। 14 ठूलो धाँजोबाट पानी ओइरिएझैं तिनीहरू ममाथि आइलागे; विनाशको समय तिनीहरू ममाथि गुड़ेर आए। 15 आतङ्कहरू ममाथि खन्याइएङ; तिनीहरूले मेरो प्राणलाई हावाले झैं खेद्छन्; अनि मेरो कल्याण बादलझैं पार भएर जान्छ।
16 अनि अब मेरो प्राण ममाथि खनिएको छ; कष्टका दिनहरूले मलाई पक्रेका छन्। 17 रातको समयमा मभित्र मेरा हड्डीहरू छेंड़िन्छन्; अनि मेरा नसाहरूले चैन पाउँदैनन्। 18 मेरो बिमारीको ठूलो जोड़ले मेरो लुगाको रूप बदली भएको छ; मेरो कोटको कठालोले झैं त्यसले मलाई कस्छ। 19 उहाँले मलाई हिलोभित्र फाल्नुभएको छ, अनि म धूलो र खरानीसरह भएको छु। ( 20 म तपाईंलाई पुकार्छु, तर तपाईंले मेरो पुकार सुन्नुहुन्न; म खड़ा हुन्छु, तर तपाईंले मलाई ध्यान दिनुहुन्न। 21 तपाईं मप्रति निर्दयी बन्नुभएको छ; आफ्नो बलियो हातले तपाईंले मलाई सताउनुहुन्छच। 22 तपाईंले मलाई हावामा उठाउनुहुन्छ, र त्यसमाथि मलाई सवार गराउनुहुन्छ, अनि मेरो तत्त्व पगाल्नुहुन्छ। 23 किनकि म जान्दछु, तपाईंले मलाई मृत्युकहाँ फर्काएर ल्याउनुहुन्छ, त्यस घरमा, जुन घर सबै जीवितहरूका निम्ति ठहऱ्याइएको छ।)
24 तर के भत्केका थोकको थुप्राबाट मानिसले आफ्नो हात पसार्दैन र, वा आफ्नो विनाश हुँदा यसैको कारणले गोहार माग्दैन र? 25 कष्टमा परेकाका निम्ति के म रोइनँ र? गरिबकाछ निम्ति के मेरो मनज दुःखित भएन र? 26 जब मैले भलो कुराको बाटो हेरें, तब ममाथि खराबी आइपर्यो; अनि जब मैले उज्यालोको आशा गरें, तब अन्धकार आयो। 27 मेरा आन्द्राहरू उम्ले, र शान्त भएनन्; कष्टका दिनहरू ममाथि आइपरे। 28 घामविना म विलाप गर्दै हिँड़ें; म खड़ा भएँ, र समुदायमा कराएँझ। 29 म स्यालहरूको भाइ, र लाटोकोसेराहरूको साथी भएँ। 30 ममाथि मेरो छाला कालो भएको छ, र मेरा हड्डीहरू तापले जलेका छन्। 31 अनि मेरो वीणाले विलाप, र मेरो बाँसुरीले रुनेहरूको स्वर निकाल्दछन्।”