अय्यूबले यसमा थप्छन्: सुनचाँदी त पाइन्छ, तर बुद्धि पाइँदैन
28
“निश्चय चाँदीको खानी हुन्छ, र सुनका निम्ति त्यसलाई खार्ने ठाउँ हुन्छ। 2 फलाम माटोबाट निकालिन्छ र ढुङ्गाबाट तामा पगालेर निकालिन्छ। 3 मानिसलेक अन्धकारलाई अन्त गर्छ; अन्धकारका पत्थरहरू र मृत्युको छायाका निम्ति उसले सम्पूर्ण रूपले खोजतलाश गर्छ। 4 माथि रहनेबस्नेहरूलाई छोड़ेर उसले एउटा खानी खन्छ; अनि हरेक पाउद्वारा बिर्सिएर त्यहाँ मानिसहरूदेखि टाढ़ो तिनीहरू झुन्दिन्छन् र झुल्छन्। 5 पृथ्वी – यसबाट भोजन निस्केर आउँछ; अनि यसमुनि मानूँ यो आगोले झैं पल्टाइन्छ। 6 यसका पत्थरहरू नीरमणि पाइने ठाउँ हुन्, र यसमा सुनको धूलो छ। 7 त्यहाँ यस्तो एउटा बाटो छ, जसलाई कुनै हिंस्रक पक्षीले जान्दैन, जसलाई गिद्धकोख आँखाले देखेको छैन; 8 सिंहनीका डमरुहरूलेग त्यसमा टेकेका छैनन्, नता क्रूर सिंह त्यसमाथिबाट अघि बढ़ेको छ। 9 मानिसलेक चकमकको पत्थरमाथि आफ्नो हात राख्छ; उसले पहाड़हरू जरैबाट पल्टाउँछ। 10 उसले चट्टानहरूको बीचमा छिराएर नदीहरू बहाउँदछ; अनि उसको आँखाले हरेक बहुमूल्य वस्तु देख्छ। 11 उसले बाढ़हरू नउर्लून् भनेर बाँध्छ, र गुप्त राखिएको कुरा निकालेर उज्यालोमा ल्याउँछ।12 तर बुद्धि कहाँबाट पाइन्छ? र समझको ठाउँ कहाँ छ? 13 मानिसले त्यसको मूल्य जान्दैन, न ता जीवितहरूको देशमा त्यो पाइन्छ। 14 गहिरो सागरले भन्छ: ‘त्यो मभित्र छैन’; अनि समुद्रले भन्छ: ‘त्यो मसित छैन।’ 15 निखुर सुन दिएर त्यो पाउन सकिँदैन; न ता त्यसको दाम-स्वरूप चाँदी तौलन सकिन्छ। 16 ओपिरको निखुर सुन, बहुमूल्य गोमेद वा नीरमणिसित त्यसको मूल्य तौलिन सकिँदैन। 17 सुन र बिल्लौर त्यसको बराबर हुन सक्दैनन्; अनि चोखो सुनका गहनाहरूसँग त्यो साटिनेछैन। 18 मुगा वा मोतीहरूको चर्चा पर जाओस्; किनकि बुद्धिको मूल्य त लालमणिहरूको भन्दा बढ़ी हो। 19 कुश देशको पुष्पराज पनि त्यसको बराबर हुनेछैन, न ता चोखो सुनसित त्यसको मूल्य तोकिनेछ। 20 तब बुद्धि कहाँबाट आउँछ, र समझको ठाउँ कहाँ छ? 21 किनकि सबै जीवितहरूका आँखाहरूबाट त्यो गुप्त राखिएको छ, र आकाशका पक्षीहरूबाट त्यो लुकाइएको छ। 22 विनाशघ र मृत्युले भन्छन्: ‘हामीले आफ्नै कानले त्यसको कीर्ति सुनेका छौं।’ 23 परमेश्वरले त्यसको मार्ग बुझ्नुहुन्छ; अनि उहाँले नै त्यसको ठाउँ जान्नुहुन्छ। 24 किनकि उहाँले पृथ्वीका छेउ-छेउसम्म हेर्नुहुन्छ, अनि उहाँले सम्पूर्ण आकाशमुनि देख्नुहुन्छ, 25 हावाको तौल ठहऱ्याउनलाई; अनि उहाँले समुद्रलाईङ पाथीलेच नाप्नुहुन्छ। 26 जब उहाँले वर्षाका निम्ति विधिछ र गर्जनको बिजुलीको मार्ग ठहऱ्याउनुभयो, 27 तब उहाँले त्यसलाई देख्नुभयो र त्यसको घोषणा गर्नुभयो; उहाँले त्यसलाई तयार पार्नुभयो; अँ, त्यसलाई तलाश गरेर पत्ता लगाउनुभयो। 28 अनि उहाँले मानिसलाई भन्नुभयो: ‘हेर, प्रभुको डर – यही नै बुद्धि हो; अनि खराबीबाट अलग रहनुचाहिँज समझ हो।’ ”