अय्यूबको उजुरी
24
“किन सर्वशक्तिमान्बाट समयहरू गुप्त राखिएका छैनन्? तब किन उहाँलाई चिन्नेहरूले उहाँका दिनहरू देख्दैनन्? 2 कति छन्, जसले सिमानाढुङ्गाहरू सार्छन्; तिनीहरूले बलमिचाइ गरेर भेड़ाबाख्राका बगालहरू खोस्छन्, र तीबाट खान्छन्।क 3 तिनीहरूले टुहुराहरूको गधा धपाएर लैजान्छन्; तिनीहरूले विधवाको गोरु बन्धकको रूपमा लिन्छन्। 4 तिनीहरूले खाँचोमा परेकाहरूलाई बाटोबाट हटाउँछन्; पृथ्वीका गरिबहरूले आफूलाई एकसाथ लुकाउँछन्। 5 हेर, उजाड़स्थानका जङ्गली गधाहरूझैं उनीहरू सबेरै शिकार खोज्नलाई आफ्नो काममा निस्केर जान्छन्; मरुभूमिलेख उनीहरू र उनीहरूका छोराछोरीहरूका निम्ति खानेकुरा उब्जाउँछ। 6 उनीहरूले खेतबारीमा त्यसको अन्नको कटनी गर्छन्; अनि उनीहरूले दुष्टको दाखबारीमा सिला-फल टिप्छन्। 7 तिनीहरूले नाङ्गालाई लुगाविना रात बिताउन लाउँछन्, र उनीहरू जाड़ोमा ओढ़्नेविना हुन्छन्। 8 पहाड़हरूका झरीले उनीहरू भिजेका हुन्छन्, र ओत नहुँदा चट्टानलाई अँगालो मार्छन्। 9 तिनीहरूले टुहुरालाईग जबरजस्ती आमाको स्तनबाट खोसेर लैजान्छन्, र गरिबबाट बन्धक लिन्छन्। 10 तिनीहरूले त्यसलाई लुगाविना नाङ्गो जान लाउँछन्, र तिनीहरूले भोकाएकाहरूबाट बिटा उठाएर लैजान्छन्; 11 जसले तिनीहरूका पर्खालहरूभित्र तेल पेल्छन्, र तिनीहरूका दाखका कोलहरूमा कुल्चीमिल्ची गर्छन्, तर आफू तिर्खाले तड़्पिन्छन्। 12 शहरको बीचबाट मानिसहरू सुस्केरा हाल्छन्; अनि घायलहरूको मनघ सहायताका निम्ति चिच्च्याउँछ; तरै पनि परमेश्वरले यो मूर्खता हो भनी ठान्नुहुन्न।13 तिनीहरूमध्ये ती हुन्, जसले ज्योतिको विरोधमा विद्रोह गर्छन्; तिनीहरूले न यसको मार्ग जान्दछन्, न यसका बाटाहरूमा रहन्छन्। 14 हत्याराले ज्योतिसँग-सँगै उठेर गरिब र खाँचोमा परेकोलाई मार्छ, र राति त्यो चोरजस्तो हुन्छ। 15 अनि व्यभिचारीको आँखाले पनि ‘कुनै आँखाले मलाई देख्नेछैन’ भन्दै बेलुकीपखको प्रतीक्षा गर्छ, र आफ्नो अनुहार ढाक्छ। 16 तिनीहरूले दिउँसो जुन घरहरूलाई आफ्नो निशाना बनाएका हुन्छन्, ती घरहरू तिनीहरूले अँध्यारोमा फोर्छन्; तिनीहरूले उज्यालोलाई जान्दैनन्। 17 किनकि तिनीहरूका निम्ति बिहान त मृत्युको छायासमान हो; कसैले तिनीहरूलाई चिन्यो भने तिनीहरू मृत्युको छायाका त्रासहरूमा पर्छन्।
18 त्यो पानीजस्तो छिटो छ; पृथ्वीमा तिनीहरूको भाग श्रापित हो; त्यो दाखबारीहरूको बाटोतिर लाग्दैन। 19 खड़ेरी र गर्मीले हिउँको पानी सुकाइदिन्छ; अधोलोकले पाप गर्नेहरूलाई त्यस्तै गर्छ। 20 गर्भले त्यसलाई बिर्सनेछ; मीठो मानेर औंसा त्यसमा चर्छ; त्यसको फेरि कहिल्यै सम्झना हुनेछैन; अनि दुष्टताङ रूखझैंच भाँचिनेछ। 21 जन्म नदिने बाँझी स्त्रीसित त्यसले दुर्व्यवहार गर्छ र विधवाको भलो गर्दैन। 22 अनि उहाँले शक्तिशालीहरूलाई पनि आफ्नो शक्तिले खिँच्नुहुन्छ; उहाँ उठ्नुहुन्छ, र कसैलाई जीवनको ठेगान हुँदैन। 23 उहाँले त्यसलाई सुरक्षा दिनुहुन्छ, जसमाथि त्यो अड़ेस लाग्छ; तर पनि उहाँका आँखाहरू तिनीहरूका चालहरूमाथि लागिरहन्छन्। 24 थोरै समयका निम्ति तिनीहरू माथि उठाइन्छन्, र फेरि हुँदैनन्; अँ, तिनीहरू तल झारिन्छन्; अरू सबैझैं तिनीहरू बटुलिन्छन्छ, र अन्नका बालाका टुप्पाहरू काटिएझैं काटिन्छन्। 25 अनि यदि यो यस्तै होइन भने पनि कसले मलाई झूटा ठहऱ्याउला, र मेरो कुरा निकम्मा तुल्याउला?”