अय्यूबको शिकायत
17
“मेरो सास भ्रष्टक भएको छ; मेरा दिनहरू निभिसके; चिहानहरू मेरा निम्ति तयार छन्। 2 के खिसी गर्नेहरू मसँग छैनन् र? अनि के मेरो आँखा तिनीहरूको घोचपेचमाथि लागिरहेको छैन र? 3 विन्ती छ, धरौटी राखिदिनुहोस्! मेरा निम्ति आफ्नै समक्ष जमानी बसिदिनुहोस्! मेरो हातमा आफ्नो हात ठोक्ने अरू को होला र? 4 किनकि तपाईंले समझदेखि तिनीहरूको हृदय लुकाएर राख्नुभएको छ; यसैले तपाईंले तिनीहरूलाई उच्च पार्नुहुनेछैन। 5 जसले आफ्ना साथीहरूलाई चिप्लो घस्छ, त्यसका छोराछोरीहरूका आँखाहरू पनि धमिला हुनेछन्।6 अनि उहाँले मलाई मानिसहरूका निम्ति गिल्लाको पात्रख तुल्याउनुभएको छ; अनि म अनुहारमा थुकिएको मानिस भएको छु। 7 शोकले गर्दा मेरो आँखा पनि धमिलो भएको छ, र मेरा सबै अङ्गहरू छायाजस्ता भएका छन्। 8 सीधा चालका मानिसहरू यस कुरामा अवाक् हुनेछन्, र निर्दोषचाहिँ कपटीकोग विरोधमा जागिउठ्नेछ। 9 तर धर्मी जनले आफ्नो मार्ग पक्रिरहनेछ; अनि जसका हातहरू शुद्ध छन्, ऊ झन्-झन् बलियो हुँदै जानेछ। 10 तर अब तिमीहरू सबैचाहिँ, विन्ती छ, फर्केर आओ; किनकि तिमीहरूको बीचमा म एउटा पनि बुद्धिमान् मानिस पाउँदिनँ। 11 मेरा दिनहरू बितिसके; मेरा योजनाहरू, अँ, मेरो हृदयका विचारहरू तोड़िए। 12 तिनीहरू रातलाई दिनमा बदली गर्छन्; अन्धकारभन्दा ज्योति नजिक छघ। 13 मैले पर्खें भने चिहानङ मेरो घर हुनेछ; अन्धकारमा मैले आफ्नो ओछ्यान बिछ्याएको छु; 14 मैले चिहानलाईच भनेको छु, ‘तिमी मेरो बुबा हौ’, र कीरालाई, ‘तिमी मेरी आमा र मेरी दिदी हौ!’ 15 अब मेरो आशा कहाँ छ त? अँ, मेरो आशा – कसले त्यसलाई देख्ला त? 16 तिनीहरू तल अधोलोकका आग्लाहरूकहाँछ ओर्लनेछन्, जब हामी एकसाथ धूलोमा विश्राम लिनेछौं।”