दोस्रो जवाफमा एलिपजले अय्यूबलाई दोष लाउँछन्
15
अनि तेमानी एलिपजले जवाफ दिएर भने: 2 “के बुद्धिमान् मानिसले जवाफमा व्यर्थकोक ज्ञान बक्नु हुन्छ, र आफ्नो पेट पूर्वीय हावाले भर्नु हुन्छ र? 3 के उसले लाभ नहुने कुरा र यस्ता शब्दहरू लिएर तर्क गर्नु हुन्छ र, जसले कुनै फाइदा दिँदैनन्? 4 अँ, तिमी भयख पन्साउँछौ, र परमेश्वरको सामु प्रार्थना गर्न रोक्छौ। 5 किनकि तिम्रो मुखले तिम्रो अधर्म बोल्छग, र तिमी धूर्तहरूको जिब्रो रोज्दछौ। 6 तिम्रै मुखले तिमीलाई दोषी ठहऱ्याउँछ, मैले होइन; अँ, तिम्रै ओठहरूले तिम्रो विरोधमा साक्षी दिन्छन्।7 के तिमी सबैभन्दा पहिले जन्मेका मानिस हौ? वा के तिमी डाँड़ाहरूभन्दा पहिल्यै उत्पन्न भयौ? 8 के तिमीले परमेश्वरको गुप्त सल्लाहघ सुनेका छौ? के बुद्धिचाहिँ तिम्रै मात्र हो? 9 तिमीले कुन कुरा जानेका छौ, जुन कुरा हामीले जानेका छैनौं? तिमीले के बुझेका छौ, जो हामीमा छैन? 10 हामीसँग केश फुलेकाहरू र अति वृद्ध मानिसहरू छन्, जो तिम्रा बुबाभन्दा धेरै बढ़ी उमेरका छन्।
11 के परमेश्वरका सान्त्वनाहरू र तिमीसित बोलिएको कोमल वचन तिम्रा निम्ति थोरै छन् र? 12 तिम्रो हृदयले तिमीलाई किन उठाएर लैजान्छ? अनि तिम्रा आँखाहरू किन झिम्कन्छन्? 13 किनकि तिमीले आफ्नो आत्मालाई परमेश्वरको विरोधमा फर्काउँछौ र आफ्नो मुखबाट यस्ता शब्दहरू निकाल्छौ। 14 मानिस के हो, र त्यो शुद्ध हुन सक्छ? अनि स्त्रीबाट जन्मेको त्यो को हो, र त्यो धर्मी हुन सक्छ? 15 हेर, उहाँले आफ्ना पवित्र जनहरूमाथि भरोसा राख्नुहुन्न; अँ, स्वर्ग पनि उहाँको दृष्टिमा शुद्ध छैन। 16 झन् पानीझैं अधर्म पिउने मानिस त कति घृणित र फोहोरी ठहरिएला!
17 म तिमीलाई देखाउनेछु, मेरो कुरा सुन! अनि मैले जे देखेको छु, म त्यसको बयान गर्नेछु, 18 जुन कुरा बुद्धिमान् मानिसहरूले तिनीहरूका पितापुर्खाहरूबाट सुनेर बताएका छन्, र त्यो लुकाएका छैनन्; 19 तिनीहरूलाई मात्र पृथ्वी दिइएको थियो, र कोही परदेशी तिनीहरूको बीचबाट पार भएर गएन।
20 दुष्ट मानिसचाहिँ जीवनभरि नै पीड़ाले तड़्पिन्छ, र थिचोमिचो गर्नेका निम्ति वर्षहरूको संख्या गुप्त राखिएको छ। 21 एउटा डरलाग्दो आवाज त्यसका कानहरूमा आउँछ; फलिफापको समयमा विनाशक त्यसमाथि आइलाग्नेछ। 22 अन्धकारबाट फर्केर आउनेछु भनी त्यसले विश्वास गर्दैन; अनि तरवारद्वारा मारिनलाई त्यसको प्रतीक्षा भएको छ। 23 रोटीका निम्ति ‘त्यो कहाँ छ?’ भन्दै त्यो चारैतिर भड़्किहिँड़्छ; त्यसको हातमा अन्धकारको दिन तयार छ भनी त्यसलाई थाहा छ। 24 दुःख र कष्टलेङ त्यसलाई भयभीत पार्नेछन्; लड़ाइँका निम्ति तयार भएका राजाझैं ती त्यसमाथि प्रबल हुनेछन्। 25 किनकि त्यसले परमेश्वरको विरोधमा आफ्नो हात बढ़ाएको छ, र सर्वशक्तिमान्को विरोधमा आफूलाई बलियो तुल्याउँछ। 26 आफ्नो गर्दन कड़ा पारेर र आफ्ना मोटा-मोटा गाँठादारच ढालहरू लिएर त्यो दगुरेर उहाँमाथि जाइलाग्छ; 27 किनभने त्यसको अनुहारमा बोसो लागेको छछ, र त्यसको कम्मरमा बोसाका लोलाहरू छन्। 28 अनि त्यो उजाड़ शहरहरूमा बस्छ, र यस्ता घरहरूमा, जहाँ कोही मानिस बस्दैन, जुन घरहरू ढलेर ढेरका ढेर हुन लागेका छन्। 29 त्यो न धनी हुनेछ न त्यसको सम्पत्ति रहिरहनेछ, न ता त्यसको भरपूरी पृथ्वीमाथि फैलन्छ। 30 त्यो अन्धकारबाट निस्केर आउनेछैन; ज्वालाले त्यसका हाँगाहरू सुकाइदिनेछ, र उहाँको मुखको सासले त्यो उड़ाएर लगिनेछ। 31 धोकामा पर्नेले व्यर्थको कुरामाथि भरोसा नगरोस्; किनकि व्यर्थको कुरा नै त्यसको प्रतिफल बन्नेछ। 32 यो त्यसको समयभन्दा पहिल्यै पूरा हुनेछ र त्यसको हाँगा हरियो हुनेछैन। 33 उहाँले दाखको बोटलाई झैं त्यसको नपाकेको अङ्गुर हल्लाएर झार्नुहुनेछ, र जैतुनको रूखलाई झैं त्यसको फूल खसाल्नुहुनेछ। 34 किनकि कपटीहरूकोज समुदाय उजाड़ हुनेछ, र घूसखोरीका वासस्थानहरू आगोले भस्म पार्नेछ। 35 तिनीहरू दुष्टताको गर्भधारण गर्छन्, र अधर्म जन्माउँछन्; अनि तिनीहरूको पेटले धोका तयार पार्छ।”