अय्यूब दोष लाउनेहरूलाई अझ जवाफ दिन्छन्
13
“हेर, मेरो आँखाले यो सबै देखेको छ; मेरो कानले सुनेको छ, र यो बुझेको छ। 2 जे तिमीहरू जान्दछौ, त्यो म पनि जान्दछु; म तिमीहरूभन्दा कम छैनँ।3 साँच्चै म सर्वशक्तिमान्सँग कुरा गर्न चाहन्छु, र उहाँसँग वादविवाद गर्ने इच्छा गर्छु। 4 तर तिमीहरू त झूटो कुरा रच्नेहरू हौ; तिमीहरू सबै निकम्मा वैद्यहरू हौ। 5 तिमीहरू चुप लाग्दा हौ त कति राम्रो हुनेथियो! र यही तिमीहरूको बुद्धिमानी ठहरिनेथियो। 6 अब मेरो तर्क सुन, र मेरा ओठका बहसहरूमा ध्यान देओ! 7 के तिमीहरू परमेश्वरका निम्ति दुष्ट कुरा बोल्छौ, र उहाँका निम्ति छलकपटको कुरा गर्छौ? 8 के तिमीहरू उहाँको पक्ष लिन्छौ? के तिमीहरू परमेश्वरको पक्षमा लड़्छौ? 9 उहाँले तिमीहरूलाई जाँचपड़ताल गर्नुभयो भने के त्यो असल होला र? वा एउटा मानिसले अर्काको ठट्टा गरेझैं के तिमीहरू उहाँको ठट्टा गर्छौ? 10 तिमीहरूले गुप्त रूपले पक्षपात गर्यौ भने निश्चय उहाँले तिमीहरूलाई नै हप्काउनुहुनेछ। 11 के उहाँको सर्वश्रेष्ठताले तिमीहरूलाई भयभीत पार्दैन? र उहाँको डरले तिमीहरूलाई छोप्दैन? 12 तिमीहरूका सम्झनाहरू खरानीसरहक छन्; तिमीहरूका शरीरहरू माटोकाख शरीरसरह छन्।
13 चुपचाप बस! मलाई छोड़िदेओ, र म बोल्नेछु; अनि तब ममाथि जे आइपर्नु छ, सो आइपरोस्! 14 म किन आफ्नो मासु आफ्ना दाँतले उठाऊँ? र आफ्नो प्राण आफ्नो हत्केलामा राखूँ? 15 उहाँले मलाई मार्नुभए तापनि म उहाँमाथि भरोसा राख्नेछु; तर उहाँको सामु म आफ्ना चालहरू कायम राख्नेछु। 16 अँ, उहाँ नै मेरा उद्धार हुनुहुनेछ; किनकि कपटीग उहाँको सामु आउनेछैन। 17 मेरो कुरा यत्नपूर्वक सुन, र मेरो घोषणा तिमीहरूका कानहरूभित्र गुञ्जोस्! 18 अब हेर, मैले आफ्नो मामिला पेस गरेको छु; म जान्दछु, म धर्मी ठहरिनेछु। 19 मसँग मुद्दा लड़्ने त्यो को हो? किनकि अब, म चुप रहें भने म प्राण नै त्याग्नेछु।
अय्यूबले हताश भएको अवस्थामा चढ़ाएको उनको प्रार्थना
20 “मसँग केवल दुईवटा कुरा नगर्नुहोस्, तब म आफूलाई तपाईंबाट लुकाउनेछैनँ। 21 आफ्नो हात मबाट टाढ़ा हटाउनुहोस्; अनि तपाईंको डरले मलाई भयभीत नपारोस्! 22 तब बोलाउनुहोस्, र म जवाफ दिनेछु; अथवा म बोल्न पाऊँ, र तपाईंले मलाई जवाफ दिनुहोस्! 23 मेरा अधर्महरू र पापहरू कति छन्? मलाई मेरो अपराध र मेरो अधर्म जान्न दिनुहोस्! 24 किन तपाईंले आफ्नो चेहरा लुकाउनुहुन्छ, र मलाई आफ्नो शत्रु ठान्नुहुन्छ? 25 के तपाईंले उड़ाएर यताउता लगिएको पातलाई तोड़्नुहुन्छघ? र के तपाईं नलको सुकेको ठुटाकोङ पिछा गर्नुहुन्छ? 26 किनकि तपाईंले मेरो विरोधमा तीता-तीता कुराहरू लेख्नुहुन्छ, र मेरो जवानीका अधर्महरू बोक्नच लाउनुहुन्छ। 27 अनि तपाईं मेरा पाउहरू ठिङ्गुराभित्र हाल्नुहुन्छ र सबै मेरा चालहरू ध्यानसँग हेर्नुहुन्छ; तपाईं मेरा पाउहरूका पैतालामा एउटा छाप मार्नुहुन्छछ। 28 अनि त्यो सड़ेको एउटा चीजझैं, माउले खाएको एउटा वस्त्रझैं नष्ट हुन्छ।”