सोपरको पहिलो जवाफ: हे अय्यूब, फर्क, आफ्नो जीवन सुधार!
11
तब नामाती सोपरले जवाफ दिएर भने: 2 “के शब्दहरूको यस थुप्रोलाई जवाफ दिइनुपर्दैन र? अनि के बकबके मानिस धर्मी ठहरिएला? 3 के तिम्रा झूटा कुराहरूले मानिसहरूलाई चुप गराउँछन् र? अनि जब तिमी खिसी गर्छौ, तब के कसैले तिमीलाई लज्जित नपारोस्? 4 किनकि तिमीले भनेका छौ: ‘मेरो शिक्षा चोखो छ, र तपाईंका आँखाहरूमा म शुद्ध छु।’ 5 तर परमेश्वर बोल्नु नि! र आफ्ना ओठहरू तिम्रो विरोधमा खोल्नु नि! 6 अनि उहाँले तिमीलाई बुद्धिका रहस्यहरू देखाउनुहुनेथियो, जो भइराखेकोभन्दा दोबर छन्! यसकारण जानिराख, तिम्रो अधर्मले पाउनुपर्नेभन्दा कम परमेश्वरले तिमीबाट लिनुहुन्छ।7 के तिमीले खोजतलाश गरेर परमेश्वरलाई पत्ता लगाउन सक्छौ? के तिमीले सर्वशक्तिमान्लाई पूर्ण रूपले भेट्टाउन सक्छौ? 8 यो त स्वर्गजतिकै उच्च छ; तिमीले के गर्न सक्छौ र? यो त अधोलोकभन्दा गहिरो छ; तिमीले के पो जान्न सक्छौ र? 9 यसको नाप पृथ्वीभन्दा लामो छ र समुद्रभन्दा चौड़ा छ। 10 उहाँले काट्नुभयो भने, थुन्नुभयो भने, वा भेला पार्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ र? 11 किनकि उहाँले व्यर्थका मानिसहरूलाई चिन्नुहुन्छ; अनि उहाँले दुष्टताक देख्नुहुन्छ; तब के उहाँले यो विचार गर्नुहुनेछैन र? 12 किनकि मानिस जङ्गली गधाको बछेड़ाजस्तो जन्मे तापनि खोक्रोख मानिस बुद्धिमान् हुन चाहन्छ?
13 तिमीले आफ्नो हृदय तयार पार्छौ र आफ्ना हातहरू उहाँतिर फैलाउँछौ भने, 14 तिम्रो हातमा अधर्म छ भने त्यसलाई टाढ़ा हटाऊ, र तिम्रा वासस्थानहरूमा कुनै दुष्टतालाई वास गर्न नदेऊ! 15 तब निश्चय तिमीले विनाकलङ्क आफ्नो चेहरा उठाउनेछौ; अँ, तिमी स्थिर हुनेछौ, र डराउनेछैनौ; 16 किनभने तिमीले आफ्नो दुःख भुल्नेछौ, र बगेर गएको पानीजस्तो त्यसको सम्झना गर्नेछौ; 17 अनि तिम्रो जीवन मध्यदिनभन्दा पनि उज्यालो हुनेछग; तिमी चम्कनेछौ, तिमी बिहानझैं हुनेछौ। 18 अनि तिम्रो आशा भएको हुनाले तिमी ढुक्कै हुनेछौ; अँ, तिमीले आफ्नो चारैतिर चियाउनेछौघ, र सुरक्षासाथ लेट्नेछौघ। 19 अनि तिमी लेट्नेछौ, र कसैलेङ तिमीलाई भयभीत पार्नेछैन; अँ, धेरैजनाले तिम्रो निगाह पाउनलाई विन्ती चढ़ाउनेछन्। 20 तर दुष्टहरूका आँखाहरू धमिला हुनेछन्; अनि तिनीहरू उम्कनेछैनन्, र तिनीहरूको आशा त प्राण गएको जस्तै हुनेछ।”