अय्यूबको विचारमा उनको कष्टका निम्ति कुनै दवाई छैन
7
“के मानिसका निम्ति पृथ्वीमाथि तोकिएको समयक छैन र? के उसका दिनहरू एउटा ज्यालादार नोकरका दिनहरूजस्ता छैनन् र? 2 जसरी एक दासले छायाको तीव्र चाहना गर्छ, र जसरी एक ज्यालादार नोकरले आफ्नो कामको ज्यालाको आशा गर्छ, 3 त्यसरी नै व्यर्थताका महिनाहरू मलाई अधिकार गर्न दिइएका छन्, र कष्टपूर्ण रातहरू मेरा निम्ति ठहऱ्याइएका छन्। 4 सुत्दाखेरि म भन्छु: ‘म कहिले उठूँ? र रात कहिले बित्ला?’ अनि दिनको उज्यालो नखसुन्जेल म ओल्टीपल्टी गरिरहन्छुख। 5 मेरो शरीरले कीराहरू र माटोका पाप्राहरू ओढ़ेको छ; मेरो छाला फुटेको छ र घिनलाग्दो भएको छ। 6 मेरा दिनहरू जुलाहाका थुरीभन्दा पनि फुर्तिला छन्, र विनाआशा बितेर जान्छन्।7 तिमीले याद गर! मेरो जीवन हावाग मात्र हो; मेरो आँखाले कहिल्यै भलाइ देख्नेछैन। 8 जसले मलाई देखेको छ, उसको आँखाले मलाई फेरि देख्नेछैन; तिम्रा आँखाहरू ममाथि लागेका हुन्छन्, तर म हुँदिनँ। 9 जसरी बादल बिलेर हराइजान्छ, त्यसरी नै त्यो जो तल चिहानमाघ ओर्लेर जान्छ, फेरि निस्केर माथि आउनेछैन। 10 त्यो आफ्नो घरमा कहिल्यै फर्केर आउनेछैन, नता त्यसको ठाउँले त्यसलाई फेरि चिन्नेछ। 11 यसैकारण म आफ्नो मुखमा लगाम लगाउँदिनँ; मेरो आत्माको व्यथामा म बोल्नेछु; मेरो मनकोङ तीतोपनामा म दुखेसो गर्नेछु।
12 के म समुद्र वा ह्वेलमाछाच हुँ, कि तपाईंले ममाथि पहरा राख्नुहुन्छ? 13 जब म ‘मेरो पलङले मलाई सान्त्वना दिनेछ; मेरो ओछ्यानले मेरो दुखेसो हल्का पार्नेछ’ भनी भन्छु, 14 तब तपाईंले मलाई सपनाहरूद्वारा तर्साउनुहुन्छ र दर्शनहरूद्वारा भयभीत पार्नुहुन्छ; 15 यसैकारण मेरो प्राणले फाँसीलाई, अँ, आफ्नो जीवनलाई भन्दा मृत्युलाई रोज्छ। 16 म यसलाई घृणा गर्छु; म सदा जिउनेछैनँ; मलाई छोड़िदिनुहोस्; किनकि मेरा दिनहरू व्यर्थ छन्। 17 मान्छे के हो, र तपाईंले त्यसलाई महत्त्व दिनुहुन्छ, र त्यसमाथि आफ्नो मन लगाउनुहुन्छ; 18 अनि त्यसलाई हर बिहान भेट्नुहुन्छछ, र त्यसलाई हर घड़ी जाँच्नुहुन्छ? 19 कहिलेसम्म तपाईंले आफ्नो नजर मबाट हटाउनुहुन्न? मैले आफ्नो थुक निलुन्जेल के तपाईंले मलाई छोड़्नुहुन्न? 20 मैले पाप गरेको छु; हे मानिसका रक्षक, मैले तपाईंका निम्ति के गरूँ? किन तपाईंले मलाई आफ्ना निम्ति एउटा तारोको रूपमा राख्नुभयो, जसले गर्दा म आफ्नै निम्ति भार भएको छु? 21 अनि तपाईंले मेरो अपराध किन क्षमा गर्नुहुन्न र मेरो अधर्म टाढ़ा हटाउनुहुन्न? किनकि अब म माटोमा सुतिजानेछु; अनि तपाईंले मलाई यत्नपूर्वकज खोज्नुहुनेछ, तर म हुनेछैनँ।”