एलिपजको विचारमा परमेश्वरले अय्यूबलाई दण्ड दिनुभएको हो
5
“अब पुकार! तिमीलाई जवाफ दिने कोही छ कि? पवित्र जनहरूमध्ये कसकहाँ तिमी फर्कन्छौक? 2 किनकि क्रोधले मूर्खलाई मार्छ, र डाहाले बुद्धूको हत्या गर्छ। 3 मूर्खले जरा हाल्दै गरेको मैले देखेको छु; तर एक्कासि मैले त्यसको वासस्थानलाई सरापें – 4 त्यसका छोराछोरीहरू सुरक्षाबाट टाढ़ा छन्; अनि तिनीहरू मूलढोकामा कुल्चिइन्छन्, र तिनीहरूलाई छुटकारा दिने कोही पनि छैन। 5 त्यसको फसल भोकाएकोले खाइदिन्छ, र काँड़ाहरूको बीचबाट पनि निकालेर लैजान्छ; अनि डाँकूले तिनीहरूको सम्पत्ति निलिदिन्छ। 6 किनकि कष्ट धूलोबाट उत्पन्न हुँदैन, न ता दुःख जमिनबाट उम्रिन्छ; 7 तरै पनि आगोका झिल्काहरू मास्तिर उड़ेझैं मानिस दु:खकै निम्ति जन्मन्छ।8 तर मचाहिँ परमेश्वरको खोज गर्नेथिएँ, र मेरो मुद्दा परमेश्वरलाई नै सुम्पिनेथिएँ; 9 जसले महान् र अगम्य कार्यहरू, अँ, अनगन्ती अचम्मका कामहरू गर्नुहुन्छ; 10 जसले पृथ्वीको सतहमाथि वर्षा दिनुहुन्छ र खेतबारीहरूमाथि पानी पठाउनुहुन्छ, 11 नम्रहरूलाई उच्च स्थानमा राख्नलाई, फलस्वरूप विलाप गर्नेहरू सुरक्षामा उच्च पारिऊन्। 12 उहाँले धूर्तहरूका युक्तिहरू विफल तुल्याउनुहुन्छ; यसैले कि तिनीहरूका हातहरूले तिनीहरूको योजना पूरा गर्न नसकून्। 13 उहाँले बुद्धिमान्हरूलाई तिनीहरूकै धूर्तताभित्र पक्राउनुहुन्छ; अनि टेढ़ाहरूको सल्लाह तुरुन्तै पालन गरिन्छख। 14 दिउँसो तिनीहरूले अन्धकारलाई भेट्छन्, र मध्यदिनमै रातमा झैं छामछुम गर्छन्। 15 तर उहाँले गरिबलाईग तरवारबाट, तिनीहरूको मुखबाट र शक्तिशालीको हातबाट बचाउनुहुन्छ। 16 यसैले गरिबको आशा छ; अनि अधर्मले उसको मुख बन्द गर्छ।
17 हेर, धन्य हो, त्यो मानिस, जसलाई परमेश्वरले सुधार्नुहुन्छघ; यसकारण सर्वशक्तिमान्को ताड़नालाई तुच्छ नठान! 18 किनभने उहाँले नै चोट पार्नुहुन्छ, र मलहमपट्टी बाँध्नुहुन्छ; उहाँले नै घायल पार्नुहुन्छ, र उहाँका हातहरूले निको पार्छन्। 19 उहाँले तिमीलाई छवटा सङ्कष्टमा छुटकारा दिनुहुनेछ; अँ, सातौंमा पनि तिमीलाई कुनै खराबीले छुनेछैन। 20 अनिकालमा उहाँले तिमीलाई मृत्युबाट र लड़ाइँमा तरवारको पन्जाबाट छुटाउनुहुनेछ। 21 जिब्रोको कोर्राबाट तिमी लुकाइनेछौ; अनि विनाश आउँदा तिमी त्यससँग डराउनेछैनौ। 22 विनाश र अनिकाललाई तिमीले हाँसिदिनेछौ; न ता तिमी पृथ्वीका पशुहरूसँग डराउनेछौ। 23 किनकि जमिनका ढुङ्गाहरूसँग तिम्रो वाचा हुनेछ; अनि मैदानका पशुहरू तिमीसित मेलमिलापमा बस्नेछन्। 24 अनि तिम्रो वासस्थानमाङ शान्तिच रहन्छ भनी तिमीलाई थाहा हुनेछ; तिमी आफ्नो वासस्थानलाई निरीक्षण गर्नेछौछ, र केही गुमाउनेछैनौ। 25 अनि तिम्रो वंश महान् हुनेछ, र तिम्रा सन्तानहरू पृथ्वीको घाँससरह हुनेछन् भन्ने कुरा पनि तिमीलाई थाहा हुनेछ। 26 जसरी अन्नको कुनिउँ आफ्नो ऋतुमा भित्र आउँछ, त्यसरी नै तिमी पनि पूरा उमेर खाइसकेर आफ्नो चिहानमा पुग्नेछौ। 27 यसलाई हेर! हामीले यसको खोजतलाश गरेका छौं; यो कुरा यस्तै हो; यो सुन, र आफ्नो भलाइका निम्ति यो बुझिराख!”